समाचार

भुकम्पमा ४८ घन्टा पुरिएका यी बालक याद छ ? आज उनको जन्मदिन शुभकामना दिने कि ?

Loading...

बैशाख १२ मा गएको शक्तिशाली भुकम्पमा ४८ घन्टा पुरिएका भाइ आज येस्तो छन । नेपाल आर्मिले गरेको गुण भाइको जिवनमा अतुलनिय छ । आज यी भाइ अति सुन्दर र राम्रा अनि स्वस्थ छन।

भुकम्प पुर्ण लेख : २०७२ साल बैशाख १२ गते

शनिबार बिहान ११.५६ बजे गोरखालाई केन्द्र बनाएर अाएकाे ७.६ रेक्टर स्केलको भूकम्पले ठूलो मानबीय तथा भौतिक क्षति बनायो ।अनुमानै गर्न नसक्ने भौतिक क्षति, अकल्पनीय मानबीय क्षति देख्नु पर्यो । १९९० सालको भूकम्पको कहालीलाग्दो बृतान्त सुन्दै आएको पुस्ताले आफनै अगाडी भूकम्पको तान्डबनृत्य देख्नु पर्यो ।भूक्म्पले लिच्छबि र मल्लकालिन ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण सहर काठमाडौं,

भक्तपुर र पाटन क्षेत्र पनि यस्को चपेटाबाट बाहिर पर्न सकेन । पुर्खाको परिश्रम र पसिनाले निर्माण भएको हाम्रो पहिचान, गौरब गर्न योग्य हाम्रा सम्पदा धेरै जसाे ध्वस्त भए । बिश्वसम्पदा सूचीमा रहेका दरबार, मन्दिर ,ऐतिहासिक सम्पदा र सत्तल लगायत थुप्रै कुरा क्षतबिक्षेत हुनपुगे ।

काठमाडौंमा रहेका काष्ठमण्डप, धरहरादेखि बसन्तपुर दरबार स्क्वायर र पाटन तथा भक्तपुर दरबार स्क्वायरका पुरातात्विक सम्पदा, अन्य मन्दिरहरु एकैछिनको बिनाशकारी भूकम्पले क्षतबिक्षत हुन पुगे ।

नेपालको इतिहासमा आजभन्दा ८२ बर्ष अगाडी यस्तै ठूलो बिपत्ति आएको थियो । अहिले फेरी त्यही बिपत्ति दोहोरिएको छ , अझ भयंकर रुद्र भएर । बि.सं. १९९० साल माघ २ गते दिनको २ बजेर २४ मिनेटजांदा आएको महाभूकम्पले बिनाशपारेको कथा भुक्तभोगीहरुले सुनाउंथे । अहिले त्यस्तै अर्को बिनाशकारी महाभूकम्पको कथा फेरी यो पुस्ताले कतिसम्म सुनाउने हो थाहा छैन ।

यसपटक काठमाडौंबाट ८० किलोमिटर उत्तर पश्चिम गाेरखा सदरमुकामबाट ५२ किमि टाढा गाेरखा र लमजुड०को सीमा समुन्द्रसतहबाट १९१० मिटर उचार्इमा रहेकाे बारपाकलाई ( इपिसेन्टर ) केन्द्र बिन्दु बनाएर करिब १ मिनेट आएको महाभूकम्पले क्षतबिक्षत बनायाे ।
@lekalikhabar

Loading...

Loading…