समाचार

गुल्मेली चेली शुसिलाको तिज गित “रातो भाले” चर्चामा (भिडियो)

Loading...

बुटवल !! लोकदोहोरीमा पछिल्लो समय चर्चामा आएकी गायिका सुशिला गौतमको २०७५ सालको तिज कोसेली गित “रातो भाले” छोटो समयमै चर्चामा रहेको छ । एक हप्ता अगाडी मात्रै गायिका गौतमको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गितलाई १ लाख ८ हजार ९ सय भन्दा बढी दर्शक श्रोताले मन पराएर हेरी सकेका छन् ।

बि स्टार फिल्मस् को प्रस्तुती रहेको उक्त “रातो भाले” तिज गितमा बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिका सुशिला गौतमको आवाजमा सजिएको छ । गायिका गौतमकै शब्द सृजना रहेको सोही गितमा खुमन अधिकारीले लय भरेका छन ।

त्यस्तै भिडियो तर्फ बिक्रम चौहानको निर्देशन रहेको छ भने प्रकाश खड्काले छायांकन गर्नुका साथै मिलन बि.क को सम्पादन तथा बि- स्टार फिल्मस् ले दृश्य निर्माण गरेको छ । सोही भिडियोमा अहिलेकी चर्चित मोडल रिना थापा मगर, प्रकाश सपुत, गायक खुमन अधिकारी र गायिका सुशिला गौतमको धमाकेदार अभिनय रहेको छ ।

गुल्मी जिल्लामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएर यसै गित संगीतमा लागेकी गायिका गौतमको दर्जनौं लोकदोहोरी एल्बम र तिज गितहरु पनी बजारमा उतारी सकेकी छन् । उनका धेरै गितले सफलता प्राप्त गर्दै चर्चामा रहेका छन् भने प्रत्यक बर्ष तिजमा गायिका गौतमले लोकदोहोरी गितको खम्बा मानिने गायक खुमन अधिकारी सँग सहकार्य गर्दै मिठा मिठा तिजको गितहरु पस्कदै आई रहेकी छन् ।
भिडियो सहित :

Loading...

Loading…