समाचार

खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर नविसका पूर्व अध्यक्षको मृत्यु

Loading...

मलेखु, धादिङ। धादिङबेँसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ।

नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए।

खेतमा पानी लगाउन लागेका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो।

यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका– ३ धादिङबेँसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो।

Loading...

Loading…