समाचार

चट्याङ लागेर एक दम्पतीको मृत्यु

Loading...

परासी — पश्चिम नवलपरासीको सुनवलमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

आईतबार मध्यान्न धान रोपाईका लागि सुनवल नगरपालिका-१० गैडाखालमा काम गरिरहँदा चट्याङ पर्दा रामग्राम नगरपालिका-१४ घर भई हाल सुनवल-४ मा बस्दै आएका २४ वर्षीय यमकुमार महतो र उनकी श्रीमती यमकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भएका दम्पतीलाई उपचारका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासी ल्याउदै गर्दा मृत्यु भएको हो ।

चट्याङ लागेर सोही परिवारकी १८ वर्षीया बविता महतो घाईते भएकी छन् । घाईते महतोको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

Loading...

Loading…