समाचार

गायिका कल्पना कुसुमको नयाँ तिज गीत ‘संगीनी’ छायाँङकन

Loading...

अनिल खत्री
गुल्मी, २४ असार । गायिका कल्पना कुसुमको नयाँ तिज गीत छायाँङकन भएको छ । तिज आउन दुइ महिना वढि रहेता पनि कलाकारहरुलाई तीज बिशेष गीत रेकर्ड र भिडियो छायाँङकनले तीजको चटारो सुरु भएको छ ।

तीज गीत छायाँङकनको लागि तीजको बेला जस्तै सजिएर गीतको छायाँङकन जुटेको बखत भने जो कोहिलाई तिज आएको आभाष समेत दिलाउने गरेका दृश्यहरु देखिन थालेका छन् । पछिल्लो केहि वर्ष यता लगातार तिजका गीतहरु निकालेर चर्चामा रहेकी गायिका कल्पनाले यस वर्षको तिज पर्वको लागि ‘संगीनी’ नयाँ गीत छायाँङकन गरिएको बताइन् ।

उनको गीतको काठमाडौंको भैसीपाटीको सिरीकाली मन्दिर र चौर बजारमा छायाँङकन गरिएको गायिका कुसुमले बताइन् । लगातार तिजका गीतहरु निकाल्दै जान थालेपछी दर्शक श्रोताले यसवर्षको तिज कोसेली पनि सुन्ने हेर्ने चाहना राखेकाले नयाँ गीत सार्बजनिक गर्ने कल्पनाले बताइन् ।

गायिका कल्पनाको तिजका एल्वमहरु मध्ये चौथो एल्वमको रुपमा सार्बजनिक हुँदैछ । तिजको बेला संगीनी भेट भएपछी नाच गानका कुरा भएका कथा बस्तु गीतमा समाबेश गरिएको गायिक कल्पनाले बताइन् । तिजमा लगाउने कपडा देखि संघीसाथीहरु भेट हुँदाका छेडमा गरिएका कथा बस्तु गीतमा राखिएको उनको भनाई छ ।

आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिका कल्पनाले लोक बिधाका गीतहरुमा पनि रुची रहेको बताइन् । राजकुमार बगर शब्द र रोहित सुवेदीको संगीत रहेको गीतमा कृष्ण विकले एरेन्ज गरेका छन् । गीतमा अभिनय मिस नेपाल सन २ हजार की बिजेता उषा खड्गीको रहेको छ ।

निकेश खड्काको निर्देशन र कोरियोग्राफर राजिव समर, मेकअप सृष्टि थापाको रहेको छ । पुष्पाञ्जलि म्युजिक कम्पनीले बजार व्यवस्थापन गर्न लागेको गीतको निकेश खड्काको पहिलो तीज गीत निर्देशन रहेको छ ।

उनले फाटेको जुत्ता र जिन्दगी रक्स चलचित्रका निर्देशक थुप्रै आधुनिक गीतका चर्चित निर्देशन गरेका छन् । गीत साउनको पहिलो साता सार्बजनिक गर्ने तयारी रहेको गायिका कल्पनाले बताइन् ।

Loading...

Loading…