Uncategorized

डडेल्धुरामा बस दुर्घटना हुँदा १२ जना घाइते

Loading...

२४ असार, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन । डडेल्धुरा सदरमुकामबाट बिहान ९ बजे जोगबुढका हिँडेको ना ४ ख ४०७७ नम्बरको बस परशुराम नगरपालिका वडा न. १२ तुलाभाडीमा दुर्घटना भएको हो । अनलाइन खबर मा समाचार छ ।

बसमा सवार १२ जना घाइते भएको र घाइतेहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक इश्वरी दत्त पाण्डेले जानकारी दिएका छन ।

उनले भने, ‘१२ जना मध्ये एक महिला बेहोस भएकी थिइन अहिले होसमा आइसकेकी छिन, अहिले सबै घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।’

Loading...

Loading…