अन्तर्राष्ट्रिय

अविरल वर्षाका कारण जापानमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

Loading...

टोकियो  । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् ।

यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् ।

जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएका छन् । दशौँलाख मानिसलाई सजग रहन भनिएको छ ।

विपद्पछि खोज तथा उद्धार कार्यमा हजारौँ प्रहरी, अग्नि नियन्त्रक तथा सैनिकहरू खटिएका छन् । जापानको क्योडो समाचार संस्थाका अनुसार कैयौँ पीडितहरूको पहिरोमा पुरिएर ज्यान गएको छ ।

जापानको राजधानी टाकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा शुक्रवार र शनिवार गरी ५८३ मिलिमिटर वर्षा भएको जापानी मौसम विज्ञान निकायले जनाएको छ । उक्त संस्थाले आउने दिनमा थप वर्षा हुने जनाएको छ ।

हिरोशिमादेखि ३०० किलोमिटर पूर्वमा पर्ने क्योटोमा पनि भारी वर्षा भएको छ ।

Loading...

Loading…