अन्तर्राष्ट्रिय

अमेरिकामा लुटेराको आक्रमणबाट एक नेपाली युवाको मृत्यु

Loading...

भर्जिनिया, संयुक्त राज्य अमेरिका – संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको हरन्जन शहरमा लुटेराको आक्रमणमा परि एक नेपाली युवकले ज्यान गुमाएका छन् । अमेरिकाको स्वतन्त्रता दिवशको  १ बजेर १५ मिनट जाँदा ४० वर्षीय रेशम बजगाँईमाथि आक्रमण भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एबीसी सेभेन अनलाइनले जनाएको छ ।

प्रहरीका अनुसार सम्भवतः लुट्ने क्रममा लुटेराले बजगाँईको टाउकोमा आक्रमण गरेका थिए । उहाँ सुनोको ग्यास स्टेशनमा कार्यरत हुनुहुन्थ्यो ।

हरन्डनस्थित शपिङ मलमा घटना हुनासाथ नजिकैको पार्किङ लटबाट १९ वर्षीय संदिग्ध बन्दुकधारी अाक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मोहम्मद अब्दुल्लाह नामक ती युवक यसअघि २०१७ मा पनि अपराधिक क्रियाकलापबाट पक्राउ परेका थिए ।

धादिङ निवासी बजगाँई गएको सेप्टेम्बरमा मात्र अमेरिका आउनुभएको थियो । । उहाँका श्रीमती र एक वर्षीय छोरी रहेको थाहा हुन आएको छ ।

Loading...

Loading…