समाचार

प्रदेश नम्बर ५ ले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Loading...

रुपन्देही – प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ ।  दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यसूची रहेको छ ।

मन्त्री परिषदको विहीबारको बैठकले शुक्रबार पेश हुने नीति तथा कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति तथा कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई अद्यावधिक गरी नयाँ र विशेष कार्यक्रम समेटिने बताइएको छ ।

Loading...

Loading…