समाचार

ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक खनालको निधन

Loading...

बुटवल, २५ जेठ । पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक पोम नारायण खनालको निधन भएको छ ।

यही जेठ २० गते बुटवलको धागो कारखाना नजिकै आफैले चलाएको स्कारपियो गाडी बससंग ठोक्किएर दुर्घटना हुदा गम्भिर घाइते भएका खनालको काठमाण्डौमा उपचारकाक्रममा आज बिहान ४ बजे निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात क्रिमसन अस्पताल मणिग्राममा प्रारम्भिका उपचार पश्चात उहालाई थप उपचारका लागि काठमाण्डौ लागि ग्राण्डी हस्पीटलमा भर्ना गरीएको थियो ।  खनाल टाफिक प्रहरीमा लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो ।

Loading...

Loading…