समाचार

नेकपामा अन्योलनै अन्योलमा, अझै कानूनी मान्यता पाउन सकेन

Loading...

जेठ,२३ ! दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै कानूनी मान्यता पाउन सकेको छैन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ मा भएको एकीकरणले कानूनी मान्यता पाउन नसकेको हो ।

निर्वाचन आयोगले एकीकरणपछिको दर्ता प्रमाण नदिँदासम्म कानूनी रूपमा दुई दल एक भएको मानिँदैन । कानूनमा ४५ दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सकिने प्रावधान रहेकाले आयोग निर्णय दिन हतारिएको छैन ।

यता कार्यदलले दिएको सुझावविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सचिवालय गठन गरेपछि अब पोलिटब्युरो गठन हुने कि नहुने भन्ने टुङ्गो लागेको छैन । एकता संयोजन समितिले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदन विपरित अहिले समितिहरू गठन भइरहेका छन् । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले एकताको तयारीका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रीय सचिवालयको व्यवस्था थिएन ।

त्यस ठाउँमा पोलिटब्युरो व्यवस्था गरिएको थियो तर हालै पार्टीले नौ सदस्यीय सचिवालय गठन गरेपछि पोलिटब्युरो गठन हुने कि नहुने टुङ्गो लागेको छैन ।

Loading...

Loading…