समाचार

गुल्मीको धुर्कोटमा ल्याब सेवा संचालन

Loading...

गुल्मी । धुर्कोट रजस्थल स्वास्थ्य केन्द्र धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थल गुल्मीमा ल्याब सेवा संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा ल्याब सेवा संचालनमा आएको हो । सेवा संचालनमा आएसँगै सानो–सानो रोगको परिक्षण गर्न स्थानियलाई सदरमुकाम तम्घास जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

ंउक्त ल्याब सेवाले रजस्थलसँगै वाग्ला, वस्तु, जैसिथोक, हाडहाडे, पिपलधारा, मदाने गाउँपालिकाको भनभने, म्यालपोखरी, पुर्कोट लगायतको दर्जनौ गाउँका स्थानियलाई सेवा दिने गर्दछ । जसले गर्दा सानो–सानो रोग लागेपनि सदरमुकाम तम्घास जानुपर्ने अवस्थाको अन्त्य भएको स्थानियको भनाई छ । ‘गाउँमै ल्याब सेवा संचालनमा आएपछि ठूला–ठूला रोगहरु पनि यहि जाचँ हुने भएको छ ।’ स्थानिय दधिराम खनालले भने, ‘स्थानिय हर्षित भएका छौ ।’

२२ प्रकारका रोगहरुको पहिचानमा सहयोग

अस्पतालका डाक्टर का सुरज पोखरेलका अनुसार ल्याबले जन्डिस, टिभि, मृगौला लगायतका २२ प्रकारका रोगहरुको पहिचान र उपचारमा सहयोग पुग्छ । त्यस्तै ल्याबबाट खकार, दिसा, पिसाब, रगत लगायतमा रोगको किटाणु भए÷नभएको पत्ता लगाइन्छ । ‘रोगका साना–साना किटाणुहरु पत्ता लगाउने माइक्रोस्कोप लगायतका सामाग्रीसहित ल्याब सेवा संचालनमा ल्याएका छौ ।’ अस्पतालका डाक्टर पोखरेलले भने, ‘अब धेरै उपचार यहाँबाटै गर्छौ ।’

प्रचारको कमीले बिरामी आएनन् ः उपप्रमुख खत्री

प्राथमिक स्वास्थ केन्द्रका अध्यक्ष तथा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव खत्रीले प्राथमिक स्वास्थ केन्द्रले दिने सेवा–सुविधाबारे धेरैलाई जानकारी नभएको कारण पनि बिरामीहरु नआउने गरेको बताए । ‘वस्तु, नयाँगाउ, मदाने गाउँपालिका लगायतका क्षेत्रका भेगका जनता प्रत्यक्ष लाभाम्भित हुन सक्छन् ।’ उनले भने, ‘तर जानकारी नपाएकै कारणले जनता चर्को शुल्क तिरेर तम्घास धाइरहेका छन् ।’

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता ः अध्यक्ष पोखरेल

धुर्कोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएको छ । गाउँपालिकाले सोहि केन्द्रमा यसभन्द अगाडी नै निशुल्क स्वास्थ्य शिविर संचालन गरिसकेको छ । भने आगामी दिनहरुमा ज्येष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सातवठै वडामा एम्बुलेन्स सेवा संचालन गर्ने, सबै स्वास्थ्य चौकिमा २४ घण्टा नै प्रसुति सेवा संचालन गर्नेजस्ता गाउँपालिकाले जनाएको छ ।

त्यस्तै प्रत्येक वडाका स्वास्थ्य चौकि भवन बनाउने लगायतका योजना पनि गाउँपालिकाका रहेको अध्यक्ष भुपाल पोखरेलले बताए । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब सेवा संचालनमा आउनुअघि नै स्वास्थ्य केन्द्रमा ओपिडी सेवा, आकस्मिक सेवा, सुरक्षित गर्भपतन सेवा, २४ ऐ घण्टा प्रसुती सेवा लगायतका सेवा संचालनमा छन् ।

Loading...

Loading…