समाचार

चट्याङ लागेर १ जनाको घटनास्थलमै मृत्यु, ३ जना गम्भीर घाइते

Loading...

जेठ,२३ ! सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा मंगलबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

घरमा बसिरहेका बेला मंगलबार साँझ साँढे ६ बजेतिर चट्याङ लागेर स्थानीय ४० वर्षीया जोखुमाया वाइबाको घटनास्थलमै मृत्यु भएको हो ।चट्याङ लागेर मृतककी छोरी सात वर्षीया पुनु वाइबा, छिमेकी ७० वर्षीया शान्तामाया क्यापछाकी र १० वर्षका सरोज विक घाइते भएका छन् ।

उनीहरूलाई लालबन्दीमा सामान्य उपचार गरी वीरगन्ज रेफर गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए ।

Loading...

Loading…