समाचार

१० हजार रुपैंया र मोबाइल दिन्छु भन्दै शिक्षकले गरे आफ्नै विद्यार्थीको बलात्कार

Loading...

काठमाडौँ – स्याङ्जाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षक रामभक्त आचार्यले कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई बलात्कार गरेका छन् ।चैत २ गते भएको कक्षा ७ को परीक्षा समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगी ललाई—फकाई जर्बजस्ती करणी गरेको नेपालीले बताइन् ।

शिक्षक रामभत्त आचार्यले टि—सर्ट, मोबाईल , १० हजार रुपैंया पैसा दिन्छु भन्दै करणी गरेको र कसैलाई भने चरम यातना दिने धम्किका कारण चैतको घटना अहिले बाहिर आएको पिडीत सिमा नेपालीको आमाले बताइन् ।

शिक्षक आचार्यले पुनः बैशाख ३० गते पनि जबरजस्ती करणी गरेको सिमाको दाबी छ ।आरोपित शिक्षक आचार्य अहिले फरार रहेको प्रहरीले जनाएको छ । पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका , प्रहरी चौकी चापाकोट हुँदै मुद्धा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् ।

फाइल तस्बिर 

चैत र बैशाखमा भएको पटक पटकको घटना पनि घर परिवारबाटै लुकाइएको कारण भने बाहिर आएको थिएन । शिक्षक आचार्य घटना बाहिर आउने प्रकृयासंगै फरार छन् । आचार्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कानुन अनुसार १०बर्ष देखी १४ वर्ष सम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखी १२ वर्षसम्म जेल सजाए हुने व्यवस्था छ ।

Loading...

Loading…