समाचार

डोटीमा विश्व वतावरण दिवसको अवसरमा ५ हजार बिरुवा रोपिए

Loading...

रोजेन्द्र जोशी
डोटी । जिल्लामा कार्यरत विभिन्न कार्यालयका राष्ट्रसेवक, नागरिक समाजका अगुवाहरुले करिब ५ हजार बिरुवा रोप्दै विश्व वतावरण दिवस मनाएका छन् ।

दिवसका अवसरमा सरकारी कार्यालय, मठमन्दिर, सार्वजनिक स्थानहरुमा कागति, अनार, दालचिनि, कपुर, रुद्रराक्ष, अमलेसो, मसला प्रजातिका करिब ५ हजार बिरुवाहरु रोपिएको जिल्ला प्रशासनका सुचना अधिकारी लोकराज बोहराले जानकारी दिनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको निर्णय बमोजिम संघीय गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालय, गैर सरकारी संस्था, नेपाली सेना, नेपाल प्रहरीलगायतका निकायहरुलाई वृक्षारोपण गर्न आफुुले आग्रह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले बताउनु भयो ।

दिवसको अवसरमा मात्र नभई हरेक व्याक्तिले आवश्यकता अनुसार हरेक पटक हरेक दिन बोट बिरुवा रोप्नु पर्ने अहिलेको अवस्था रहेको उहाँको भनाइ थियो ।

Loading...

Loading…