रोचक

भुलेर पनि नगर्नु यस्तो गल्ति नत्र यस्तो होला …? गर्भावमा हुदा बाबुआमाले गरेको एउटा गल्ती, यस्तो भयो ..!! यस्तो छ कारण

Loading...

एजन्सी। यी बालिकाको टाउकोमा ठूलो खाल्डो छ । दिमाग पनि पूरै विकसित भएको छैन । टाउको पछाडि सुन्निएको छ र आकार पनि निकै ठूलो छ । तीन महिनाकी यी बालिका जीवन र मृत्युको बीचमा जुधिरहेकी छिन् । यी बालिकाको यस्तो हाल उनका मातापिताले गर्भावस्थामा गरेको एक गल्तीका कारण भएको हो ।

यी बालिकाको जन्म कम्बोडियाको एक गाउँमा भएको हो । बालिकाको नाम अल नीथ हो । यी बालिकालाई एक दुर्लभ रोग लागेको छ । यी बालिकालाई एनिन्सेफली डिसअर्डर भएको छ । वंशाणुगत कारण र गर्भवतीको वरिपरिको वातावरणका कारण यो रोग हुन्छ ।

गर्भावस्थामा यी बालिकाका मातापिताले गर्भवतीको खानपानमा ध्यान नदिँदा यो समस्या भएको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार महिलाको शरीरमा फलिक एसिड र भिटामिनको कमीका कारण यस्तो समस्या हुन्छ । यी बालिकाका आमाबाबुले ती कुराहरुमा ध्यान नदिँदा यस्तो भएको डाक्टरले बताएका छन् ।

 

यो पनि पढ्नुहोस :- 

१३ वर्षिया बालिका आमा ! ज्यान मार्ने धम्की, छोरी पाएको निहुँमा निकालियो

इनरुवा, ९ जेठ । बालबिवाह कानूनी रुपमा वर्जित छ । यद्यपी हाम्रो समाजभित्र कतिपय यस्ता समूदाय छन् जहाँ आफ्ना छोराछोरीको सानै उमेरमा बिवाह गरिन्छ ।

अति बिपन्न त्यसमा पनि दलित समूदायभित्र बालविवाह अझै कायमै छ । गाँसबास र कपासका लागि दैनिकी कष्टकर भएकाको हकमा त छोरीलाई सकेसम्म सानै उमेरमै परायलाई सुम्पिने परिपाटी अझै रोकिन सकेको छैन् ।

जसको ज्वलन्त उदाहरण हुन् सुनसरी इनरुवाकी १३ वर्षीया ममता मरिक । एकवर्ष अघि घरपरिवारबाट बालविवाह गराइएकी ममता यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् ।

छोरी जन्माएको निहँुमा परिवारले समेत घर निकाला गरिदिएपछि आमासँगै काखे नवालकको बिचल्ली भएको छ ।

ममताको उमेर मात्रै १३ वर्षको छ । काँखमा रहेको बच्चा हेर्दै माया लाग्दो छ । स–साना हात खुट्टा भएको बच्चा कुपोषित छ ।

बच्चालाई काखमा लिने अरु कोही नभएर नावालक बच्चाकी १३ वर्षिया आमा ममतानै हुन् ।

ममतालाई मातृत्व के हो त्यो त परको कुरा आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन् । स्तनपान गराउँनै जान्दिनन् ।

बच्चा कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनी पूर्णतः अनभिज्ञ छिन् ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाईमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुधसमेत पर्याप्त छैन् ।

पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् ।

एक वर्ष अघि सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार बन्न पुगेकी छिन् ।

छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित ममता आफुलाई खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् ।

ममताले आफुलाई श्रीमान्सहित परिवारका सदस्य मिलेर घरबाट लखेटेको बताइन् ।

घरपरिवारबाट अपहेलित र हिंसाको शिकार बनेकी ममता माइतीको शरणमा पुगेपनि दयनीय अवस्थाका बाबुआमासँग केही गर्ने सार्मथ्य छैन् ।

बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाहर र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् ।

रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुर्जिएकी आमालाई मात्र हैन् कुपोषित रहेको बच्चा दुवै बाँच्छन् बाँच्दैैनन् अन्यौलकाबिच उनीहरुलाई अस्पतालमा स्वास्थ्यकर्मीहरुले भर्ना गरेको बताए ।

अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताएपनि डिसचार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ ।

अस्पतालले भर्ना भएदेखिको अवस्थाबाट नै १३ वर्षिया आमा र उनको सानो नानीको उपचार निःशुल्क गर्दै आएको जनाएको छ ।

बालबिवाहकै कारण संकटमा परेको ममता मरिकको जीवन उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप चपेटमा परेको छ ।

आफु र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी १३ वर्षीया बालिका आमा ममताले आफुलाई श्रीमान र परिवारको साथ दिलाइदिन सरोकारवाला समक्ष आग्रह गरेकी छिन् ।

नेपालमा बालबिवाह कानूनतः वर्जित रहेपनि त्यसलाई कतिपय अभिभावकहरुले आफुहरुको बाध्यता भएको बताउँने गरेका छन् ।

बालअधिकारका सवालमा काम गर्ने संघसंस्थाले जारी गरेको प्रतिवेदन र वास्तविकतालाई नियाल्ने हो भने समाज भित्र बालबिवाह नरोकिनुलाई विशेष गरी दलित र अति विपन्न परिवारको बाध्यात्मक परिपाटी भनेर चित्रित गरेको पाइन्छ ।

जसमा उल्लेख भएअनुसार केटातर्फ घरमा काम गर्ने सदस्य थपिने र केटी पक्षको हकमा आफुबाट दायित्व पन्छिने खालका अभिभावकीय सोचले बालबिवाहलाई प्रश्रय दिइरहेको छ ।

जहाँ सानै उमेरमा गरिने बिवाहले निम्त्याउने सम्भावित खतराको आकंलन भने कहीकतै भएको पाइदैन् । inaruwaonline.com

Loading...

Loading…