रोचक

कोरियन युवतीहरुले किन पाल्छन् काखी र योनीमा रौँ !, न्युयोर्कका ब्यूटी सैलुनहरुमा गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढ्दाे

Loading...

काठमाडौँ । काखी तथा गुप्तांगका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरु तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् ।

उल्लेखित अंगका रौँ मात्र होइन आँखिभौँ तथा सरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ ।

यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो ।

गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अंक नै छापेको थियो कुनैबेला । तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रुपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रुपमा लिइन्छ ।

कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ ।

यसलाई प्युबिक आट्रिकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भएपनि युवतीहरुले आफुलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जिवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् ।

 

यो पनि पढ्नुहोस 

यी सात काम खाना खाने बितिक्कै भुलेर पनि नगर्नुहोस :: पछुताउनु पर्ला

आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ ।

यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ । कुनै काम गर्दा हाम्रो पाचन प्रक्रिया चाँडो हुन्छ भने कुनै काम गर्दा पाचन प्रक्रिया ढिलो हुने गर्छ । पाचन प्रक्रियामा ढिलाइ हुँदा हाम्रो स्वास्थ्यलाई बेफाईदा गर्ने गर्छ ।

खाना खाने बित्तिकै गरिने कामले पनि हाम्रो स्वास्थ्यलाई बेफाइदा गर्ने हुनाले त्यस्ता कामहरू खाना खाएपछी नगर्नु नै राम्रो हुन्छ । ती के-के काम हुन् जुन खाना खाने बित्तिकै गर्नु हुँदैन थाहा पाऔ…

– सुत्नेः धेरै मानिसलाइ खाना खाएपछी अल्छि लाग्छ र सकेसम्म सुत्ने चाहना राख्छन् । तर, खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । खाने बित्तिकै सुत्ने गर्दा तपाईले खाएको खाना पाचन हुन सक्दैन र यसले शरिरमा बिकार पैदा गर्छ । साथै मोटोपन पनि बढ्ने गर्छ ।

– नहुाउनेः सही समयमा खानु र नुहाउनुले शरिरलाई निकै फाइदा ग्रछ तर, खाना खानेबित्तिकै नुहाउनु भने फाइदाजनक हुँदैन । खाना खानेबित्तिकै नुहाउँदा पेटमा रक्तसञ्चार तिव्र हुन्छ, र पाचन प्रक्रिया ढिलो हन्छ, जसले शरिरलाई बेफाइदा गर्छ ।

– पेटी खुकुलो बनाउनेः केही मानिसहरू धेरै खाना खान्छन् र पेटी खुकुलो बनाउने गर्छन् । यसरी पेटी खुकुलो बनाउँदा पनि पाचन प्रक्रिया ढिलो हुने गर्छ । – फलफूल खानेः खाना खानेबित्तिकै फलफुल खानु राम्रो मानिदैन । खाना खानेबित्तिकै फलफुल खाँदा ग्याष्टिकको समस्या देखिने गर्छ ।

– हिड्नेः धेरै मानिसलाई लाग्न सक्छ खाना खाने बित्तिकै कम्तिमा एक सय कदम हिड्नु पर्छ । यसले खाएको खाना पचाउन मद्धत गर्छ तर, यो कार्य गलत हो । खाना खानेबित्तिकै हिड्ने गर्दा खानाको सम्पूर्ण पोषण शरिरले पाउँदैन भने पाचन प्रक्रिया पनि कमजोर हुन्छ । – चिया पिउनेः केही मानिसलाई खाना खाएपछी चिया पिउने बानी हुन्छ । तर, यो बानी हटाएको राम्रो हुन्छ। खाना खानेबित्तिकै चिया पिउनु फाइदाजनक मानिदैन । खाना खानेबित्तिकै चिया पिउँदा पाचन प्रणालीमा असर गर्छ । यसले एसिडिटीको समस्या पनि ल्याउँछ ।

– धुम्रपान गर्नेः खाना खाने बित्तिकै मानिसहरूको धुम्रपान गर्ने गर्छन् । तर, खाना खाएपछी धुम्रपान गर्दा स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसले क्यान्सरको सम्भावना समेत बढाउने गर्छ।

Loading...

About the author

m@ZZkO17@17

Add Comment

Click here to post a comment

Loading…