खेलकुद

धोनीविरुद्ध सन्दिप खेल्ने निश्चित, दिल्लीले पुष्टि गर्दै सोध्यो यस्तो प्रश्न ? दिल्ली डेयरडेभिल्सले आफ्नो ट्वीटरमा यस्तो लेख्यो

Loading...

काठमाठौं। आइपिएलमा डेब्यू खेलमै प्रभावशाली प्रदर्शन गरेका नेपाली बलर सन्दिप लामिछानेले भोलिको चेन्नइ सुपरकिंग्सविरुद्धको खेल पनि खेल्ने निश्चित भएको छ । दिल्ली डेयरडेभिल्सले आफ्नो आधिकारिक ट्वीटरमा सन्दिप खेल्ने पुष्टि गरेको हो ।

दिल्लीले ट्वीटरमा सन्दिप चेन्र्नविरुद्धको खेल खेल्ने निश्चित भएको जनाउँदै फ्यानहरुलाई सोधेको छ ‘उनले कति विकेट लेलान् ?’ दिल्लीले ट्वीटमा सन्दिपले आफ्नो उत्कृष्ट बलिङ फर्म चेन्र्नविरुद्धको खेलमा पनि कायम राख्ने आशा जनाएको छ । केही दिनअघि चेन्नइविरुद्ध भएको पहिलो खेलमा सन्दिपले खेल्ने अवसर नपाए पनि उनले चेन्नइका कप्तान महेन्द्रसिंह धोनीसँग खिचेको तस्वीर निकै चर्चित भएको थियो । हेर्नुहोस् दिल्लीको ट्वीट ।

 

Loading...

Loading…