समाचार

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा

Loading...

काठमाडौं, जेठ ३ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धुम्बाराहीमा रहने भएको छ ।

पार्टीका जनसंगठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडामा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ ।

निर्वाचन आयोगमा बिहीबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नम्बर ५६६६ रहेको कार्यालयसचिव श्रेष्ठले जानकारी दिए ।

Loading...

Loading…