समाचार

एमाले र माओवादी केन्द्रबीच एकता, ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गरिँदै

Loading...

जेष्ठ ३, २०७५ – नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । वाम एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै त्यो निर्णयलाई दुवै पार्टीले अनुमोदन गरेका हुन् । यो सँगै नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ ।

आजै नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि नेता सुवास नेम्वाङ र देव गुरुङ निर्वाचन आयोगमा जाने तयारी छ । के के भयो सहमति ? एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने।

दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्।

पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्। सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने। मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने। एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने। कन्तिपुए बाट 

Loading...

Loading…