Uncategorized

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

Loading...

धनकुटा — धनकुटाको सॉगुरीगढी गाउँपालिका–५स्थित वेगानामा बिहीवार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय कमलकुमार लिम्बुले उनकी ४६ वर्षीया श्रीमती गोपिमाया लिम्बुलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। सुगुरलाई कुडो पकाउँदै गरेकी श्रीमतीलाई घरको ऑगनमा पछाडीबाट खुकुरी प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जनाईएको छ।

माइत जान जिद्धि गरेको भन्दै आवेशमा आएर खुकुरी प्रहार गरेको स्थानीयले बताए। खुकुरी प्रहार गर्ने लिम्बुलाई स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको घटनास्थल पुगेका प्रहरी निरीक्षक अमोद खेरवारले जानकारी दिए। स्थानीयको सहयोगमा लिम्बुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उल्लेख गर्दै कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाइने खेरवारले बताए।

आमालाई खुकुरी प्रहार गरेको दृश्य देखेका उनका छोराछोरीले गुहार माग्दा घटनास्थल पुगेका छिमेकी खड्गप्रसाद लिम्बुलाई समेत आक्रमण गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका लिम्बुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घटना लगत्तै डॉडाबजार र ओख्रे प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। यस्तै जिल्ला प्रहरी कार्यालयको थप टोलीसमेत प्रहरी निरीक्षक खेरवारको नेतृत्वमा पुगेको थियो।

फाइल तस्बिर 

धनकुटामा विगत एक हप्ताको अवधिमा कर्तव्य ज्यानको यो समेत दुई घटना भएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ।

Loading...

Loading…