समाचार

गाडीको ब्रेक अचानक फेल भयो, आफु सुरक्षित रहन यी ७ काम गर्नुस्

Loading...

काठमाडौं । कल्पना गर्नुहोस् कि तपाईं गाडी चलाउँदै हुनुहुन्छ र अचानक तपाईंको कारको ब्रेक फेल हुन्छ । यस्तो अवस्थामा, धेरै मानिसहरू डरलाग्दो र गम्भीर दुर्घटनाको सिकार बन्न सक्छ ।

यस्तो आपातकालीन स्थितिमा तपाईंले संयमताका साथ काम गर्न जरुरी छ । त्यसका लागि तपाईंलाई हामी केही टिप्स दिँदैछौं । जसले यदि तपाई कार चलाउँदा यस्तै समस्यामा पर्नुभयो भने सुरक्षित हुन सहयोग पुर्याउन सक्छ ।

स्पीड स्लो गर्नुहोस्

यदि कारको ब्रेक फेल भएमा सबैभन्दा पहिले गियरलाई घटाउनुस् । बिस्तारै कारको स्पीड कम हुँदै जानेछ, त्यसपछि गियरलाई पहिलो (फ्रन्ट) गियरमा ल्याउनुहोस् ।

अरूलाई संकेत दिनुहोस् 

यदि तपाईं बाटोमा गुड्दै हुनुहुन्छ र तपाईंको ब्रेक फेल भयो भने आफ्नो इमर्जेन्सी लाइट र हेडलाइट अन गरी अरु ड्राइभरहरूलाई सजग गराउन हर्न बजाउनुहोस् । यसो गर्नाले तपाईंको अघि–पछि र साईडमा चल्ने गाडिहरूलाई थाहा हुनेछ कि तपाईं कुनै समस्यामा हुनुहन्छ ।

ब्रेक पेडल बारम्बार थिच्नुहोस् 

गाडीको ब्रेक पेडलमा बारम्बार थिच्नुहोस् । ब्रेकलाई दबाब दिँदा यसले पुनः काम गर्न सक्ने सम्भावना रहन्छ ।

एसीलगायत अन्य एक्सेसरिज चालू गर्नुहोस् 

कारको एयर कन्डिसनलाई सबैभन्दा चिसो तापमानमा राख्नुहोस् र फ्यानको स्पीड अधिकतम् बनाउनुहोस् । साथै, कारको सबै हेडलाइट, टेल लाइट्सहित अन्य एक्सेसरिज पनि चालू गर्नुहोस् । यसो गर्नाले गाडीको स्पीडमा केही नियन्त्रण हुनेछ ।

ह्यान्डब्रेकको प्रयोग गर्नुहोस्

गियर तल आँउदा ह्यान्डब्रेकलाई माथि ल्याउनुहोस् । तर, रियर ह्वीललाई ध्यानपूर्वक लक गर्नुहोस् किनभने यसले कारको नियन्त्रण गुमाउन सक्छ ।

स्टेयरिङ ह्वीलमा कन्ट्रोल राख्नुहोस्

कारलाई गियरमा राख्नुका साथै इग्निशन बन्द गर्नुहोस् र क्लचलाई छोड्ने प्रयास गर्नुहोस् र इञ्जिनको साथ ब्रेक लगाउनुहोस् । तर, यो केवल एकपटकमात्र गर्नुहोस् किनभने यसो गर्नाले तपाईंले स्टेयरिङ ह्वीलमा आफ्नो नियन्त्रण गुमाउन सक्नुहुन्छ । स्टेयरिङ्ग ह्वीलमा आफ्नो पूर्ण नियन्त्रण राख्नु जरुरी छ ।

सडकको छेउमा ड्राइभ गर्नुहोस् 

यदि कयौँ प्रयासपछि पनि कार रोकिँदैन भने, कच्ची, ग्रयाभेल भएको ठाउँमा गुडाउनुस् । त्यहाँ भएका रोडाले स्पीड कम गर्छ । यदि छेउमा हिलो छ भने त्यहाँ गाडी लैजानुहोस्, यसले गाडीको स्पीड पूरै कम गराउँछ ।

Loading...

Loading…