बलिउड

नेपालबाट व्यापार सुरु, अर्वपति बनेर बलिउड अभिनेत्रीसँग विवाह गरेपछि !!!

बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको विवाह भएको ८ वर्ष भएको छ । २२ नोभेम्बर सन् २००९ मा उनीहरुले विवाह गरेका थिए । शिल्पा सेट्टीले विवाहको ७ औ एनिभर्सरीमा राज कुन्द्रालाई सामाजिक सञ्जालमा एउटा माया लाग्दो मेसेज लेखेर पठाएकी छिन् । शिल्पाले मेसेजमा ‘तिम्रो दिलमा मैले आफ्नो घर पाए, आत्मामा माया । म विश्वकै भाग्यमानी युवती हुँ ।’

राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए । आज उनी एक सफल बिजनेशम्यान हुन् । इन्टरनेटमा पाइएको जानकारी अनुसार हाल उनीसँग २४०० करोडको सम्पत्ति रहेको छ ।

एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो ।’ आज उनीसँग महँगा कारहरु रहेका छन् । जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो ।

१८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पालेका थिए । उनलाई पैसाको महत्व थाहा छ । जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए । आफ्नो जिन्दगीलाई कुन मोडमा लाने गम्भिरताका साथ सोचिरहेका थिए ।

उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए । केही पश्निा शल किने र ब्रिटेनको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले । जति छिटो उनको कारोबार बढीरहेको थियो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।

त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मालिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए