भिडियो

“मन बिना को धन ठुलो कि ” अशोक दर्जीलाइ सहयोग गर्दै चर्चित गायिका मञ्जु पौडेल (भिडियो)

काठमाडौं । फरासिली, हाँसेर बोल्ने, स्टेजबाटै दर्शकसँग सवाल जवाफ गर्न सक्ने । एफएमबाट करिअर सुरु गरेकी कार्यक्रम प्रस्तोता मञ्जु पौडेलले स्टेजमा बबालै गरिन् एक समय ।

आयोजकले खोज्ने जस्तै गुण थियो मञ्जुमा । सांगीतिक कार्यक्रमको अतिरिक्त अन्य ब्यबसायिक र सामाजिक संघ-संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि उनको हाइहाइ भयो । कतिपयले उनलाई ‘स्टेज क्वीन’ कै उपमा दिए ।

स्टेज कार्यक्रम गर्दागर्दै गायनमा प्रवेश गरेकी मञ्जुको अहिले अर्को पनि परिचय थपिएको छ, लोक गायिका । तीन दर्जनको हाराहारीमा गाइसकेकी मञ्जुका प्राय गीत दर्शकको मनमा बसेका छन् ।

मञ्जु आफैं भन्छिन्, ‘जुनसुकै उमेर समुहका दर्शकसँग ट्याकल गर्ने क्षमता राख्छु । जहाँ पुगेँ, त्यहाँका दर्शकलाई सन्तुष्ट बनाएर हिड्ने गरेकी छन् ।’

यिनै मन्जु पौडेलले अहिले चर्चामा रहेका अशोक दर्जीलाई सहयोग गर्न भनेर एउटा अभियान नै चलाउने तयारीमा छन् । संगीतकार तथा गायक टंक बुढाथोकीको युटुब च्यानलमा उनले “मन बिना को धन ठुलो कि ” गीतका गायक अशोकलाई आफुले पनि सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सम्पूर्ण दर्शक श्रोताहरुलाई अशोकलाई सहयोग गर्न आवाहान गर्दै तयार पारेको भिडियो तल हेर्न सकिन्छ

About the author

m@ZZkO17@17

Add Comment

Click here to post a comment