समाचार

बधाई ! विश्वका ११ क्रिकेट स्टार खेलाडीभित्र परे ‘सन्दीप लामिछाने’

Loading...

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।


बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ ।
‘क्रिकेटको घर’ मानिने लर्डस्‌मा आगामी जेठ १७ गते हुने खेलको इंगल्यान्डका कप्तान इयोन मोर्गनले कप्तानी गर्नेछन्। जसमा भारतका दिनेश कार्थिक र हार्दिक पाण्डेय, पाकिस्तानका साहिद अफ्रिदी र सोयब मल्लिक, बंगलादेशका तमिम इक्बाल, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्यान्डका मिचेल म्याकलेनघान र लुक राँची जस्ता विश्व क्रिकेटमा चर्चित खेलाडीहरु समावेश छन्।

वेष्ट इन्डिजको क्यारेबियनमा आँधीबाट भत्किएको क्रिकेट रंगशाला निर्माणका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले आइसिसीले वेष्ट इन्डिजको टिमसँग विश्वका चर्चित खेलाडीहरुको टिमबीच प्रतिस्पर्धा गराउन लागेको हो।

आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वल्र्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’

‘आफूले टेलिभिजनमा मात्र देखेका खेलाडीसँग डे्रसिङ रुम सेयर गर्ने, अभ्यास गर्ने र खेल्ने मौका मेरा लागि ठूलो छ । यो अवसरको फाइदा उठाउँदै म धेरै कुरा सिक्नेछु’ उनले आईसीसीसँग भनेका छन् ।

सन् २०१४ मा त्यस समयका नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेले चितवनको क्याम्पाचौरबाट सिधै राष्ट्रिय टिममा ल्याएदेखि नै सन्दिपले आफूलाई प्रमाणित गरिरहेका छन् ।

Loading...

Loading…