रोचक

केही विशेष छ यी व्यक्तिको रगतमा, अहिलेसम्म २४ लाख बच्चाको जीवन बचाए

अष्ट्रेलियामा बस्ने जेम्स ह्यारिसनले ६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरिरहे । उनको यो कदमले करिब २४ लाख बच्चाको जीवन बचाउन सकियो ।‘म्यान विथ अ गोल्डन आर्म’ भनिने ८१ वर्षीया ह्यारिसनको रगतमा एउटा विशेष प्रकारको एन्टीबडी छ जसमार्फत जीवन बचाउने औषधी एन्टी–डी तयार गर्न सकिन्छ ।

ब्ल्ड सर्भिसका अनुसार एन्टी डी ती गर्भवती महिलालाई दिइन्छ जसको रगतले गर्भमा रहेको शिशुलाई हानी गरिरहेको हुन्छ । यो रोगले रक्तअल्पत्ता, कलेजो सुन्निने र गर्भमा रहेको शिशुको मस्तिष्क घात अथवा मृत्यु नै निम्त्याउने गर्दछ । हेमोलिटीक डिजिज अफ न्यूबर्न (एचडीएन) भनिने यो रोग गर्भवती महिलालाई त्यतिबेला लाग्छ जब महिलाको रगत रिसस–नेगेटिभ (RhD negative) हन्छ र गर्भमा रहेको शिशुको रगत रिसस पोजिटिभ (RhD positive) हुन्छ ।

सन् १९६७ देखि अहिलेसम्म अष्ट्रेलियाका गर्भवती महिलालाई एन्टी–डीको ३० लाख डोज दिइयो जुन ह्यारिसनको रगतबाट बनाइएको थियो ।गत शुक्रबार आफ्नो अन्तिम रक्तदानको क्रममा उनले अष्ट्रेलियाको समूदायलाई आफ्नो रेकर्ड तोड्न च्नौती दिएका छन् । ह्यारिसनले ११ सय १७ पटक रक्तदान गरेका छन् ।

एजेन्सी