यस्तो हुनेछ धुर्मुसले बनाउने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम

यस्तो हुनेछ धुर्मुसले बनाउने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम

फाइल फोटो

१५ चैत, काठमाडौं ।विभिन्न सामाजिक कार्य गरेर ख्याती कमाएका हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएका छन् ।उनलाई केही समयअघि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भेटेर नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अत्यावश्यक भएकाले त्यसको संयोजन गर्न धुर्मुसलाई आग्रह गरेका थिए । क्रिकेट सम्बन्धि पलपलको अपडेटको लागि मेरो क्रिकेट डट कम हेर्नू होला ।

लगातार ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । जनस्तर तथा खेलाडी तर्फबाट समेत दवाव बढेको र राष्ट्रिय गौरवको काम भएकोले आफुले सहयोग र समन्वय गर्ने उनले बताए । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ । क्रिकेट सम्बन्धि पलपलको अपडेटको लागि मेरो क्रिकेट डट कम हेर्नू होला ।

‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेखेका छन् ।यो परियोजना सरकारर्लाइ सघाउनका लागि निम्ति भएको भन्दै यसमा नेपाल सरकारले गम्भिरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास धुर्मुसले व्यक्त गरेका छन् ।

यस्तो छ धुर्मुस सुन्तलीको पोस्ट

कुन चाँही पहिला ?

अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर. र ई.आई.ए. को प्रकृयामा अघि बढिरहेको बेला चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । क्रिकेट सम्बन्धि पलपलको अपडेटको लागि मेरो क्रिकेट डट कम हेर्नू होला ।

सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं । नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ ।

त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । क्रिकेट सम्बन्धि पलपलको अपडेटको लागि मेरो क्रिकेट डट कम हेर्नू होला ।

यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?

Source: Taja Khabar TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *