‘कोहलपुर एक्सप्रेस’ ट्रेलर : केकी अधिकारीसँग दुई अपेक्षा

‘कोहलपुर एक्सप्रेस’सँग केकी अधिकारीका दुई अपेक्षा हुनेछन् : निर्मात्रीको रुपमा बक्सअफिस सफलता र अभिनेत्रीको रुपमा आफूलाई अब्बल स्थापित गर्नु ।

यी दुई अपेक्षा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनको मुहारमा रेखांकन भएको थियो । यही फिल्मबाट अधिकारी निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन्, मुख्य अभिनेत्रीको रुपमा उनको निरन्तरता स्वभाविक हुनेछ ।

उनी अभिनित पछिल्ला फिल्मको खास विशेषता : नुसेन्स (मानवीय संवेदना)ले भरिपूर्ण हुनु हो । लार्जर द्यान लाइफभन्दा वास्तविक पात्रमा आफूलाई रुपान्तरण गर्ने अधिकारीको कोहलपुर एक्सप्रेस ट्रेलर बुधबारै लन्च भएको छ ।

@MovieMandu

प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झाजस्ता मल्टिस्टारर पात्रले भरिपूर्ण ट्रेलरले यसको केन्द्रिय द्धन्द्धलाई स्थापित गरिदिएको छ । पैसाका लागि हुने भागदौड र जीवन बाँच्न बिर्सने मानवीय प्रवृत्तिलाई यसले चित्रण गरेको छ ।

विशाल भण्डारी निर्देशित फिल्म १४ बैशाखमा रिलिज हुँदैछ ।
Source: MovieMandu.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *