नेपाल आइडल पछी बुगी बुगीको पहिलो एपिशोड लाईभ हेर्नुस् ( भिडियो )

काठमाडौँ । अन्तराष्ट्रिय फ्रेन्चाईज सिंगिंग रियालिटी शो नेपाल आइडलको सफलता पछी अव अर्को अन्तराष्ट्रिय फ्रेन्चाईज डान्स रियालिटी शो बूगी वूगी आएको छ । यो शो पनि एच डी च्यानल एपी वानबाट नै प्रशारण हुने छ । यसलाई चैत्र पन्ध्र ९मार्च २९ गते बिहिबार बेलुकी ८ बजे प्रिमियर गरिने छ । पहिलो एपिसोडमा देशभर बाट छानिएर आएका हजारौ सहभागीबाट उत्कृष्ट सयमा पर्न सफल र ती सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आफ्नो नृत्य कला प्रस्तुत गर्नेछन । लाईभ हेर्नुस्

‘बुगी उगी’द्धारा १० फाइनलिस्ट घोषणा : सूचिसहित

नेपाली टेलिभिजनको प्रतीक्षित डान्स रियालिट सो बुगी उगीको आज विहिबार प्रिमियर हुँदैछ । घोषणादेखि नै चर्चित यो सोले उत्कृष्ट १८ का फाइनल प्रतियोगी पनि घोषणा गरेको छ ।

उत्कृष्ट १८ मा पर्न सफल :
संजयकुमार लामा (रामेछाप), प्रमिला सुनुवार (बुटवल), रविन भुजेल (बिराटनगर), सरोज मोक्तान (काभ्रेपलाञ्चोक), रेस्मा राई (धरान), मेनुका तामाङ (सिन्धुली), कृष्ण मिश्र (रुपन्देही), कविता न्यौपाने (बुटवल), करण शाह (नेपालगंज)

सम्पन्नता बिन्दुकार (काठमाडौं), सागर मगर (खोटाङ), प्रतिष्ठा पौडेल (गुल्मी), प्रगति पुन (तनहुँ), अतिस जैरु (झापा), कविता नेपाल (सर्लाही), सृष्टि महर्जन (काठमाडौं), सुभम भुजेल (झापा) र मनिष नेपाली (रुपन्देही) छन् ।

सोको निर्णायकमा अभिनेत्री प्रियंका कार्की, डान्स करियोग्राफर कविराज गहतराज र अभिनेता दिलिप रायमाझी छन् । एलिन श्रेष्ठ सोजका निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *