१० महिनापछि फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको कारण खुल्यो

१० महिनापछि फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्युको कारण खुल्यो

परासी : राष्ट्रिय फुटवलर बिमल घर्ती मगरकी बहिनी मनिषाको मृत्यु ‘ह्याङ्गिङ’ अर्थात् झुन्डिएर भएको पुष्टि भएको छ । २०७३ जेठ १३ गते बिहान आफ्नै कोठामा मृत्त अवस्थामा भेटिएकी मनिषाको मृत्युको कारण १० महिनापछि खुलेको हो । उनको मृत्युको कारण ह्याङ्गिग भएको ठहर गर्दै मनिषाका प्रेमी अर्थात् हत्या आरोपित आशिष भनिने रुद्रनारायण चौधरीलाई नवलपरासी जिल्ला अदालतले सफाई दिएको छ ।

मनिषा मृत अवस्थामा भेटिएपछि उनको हत्या चौधरीले नै गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । साथै आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरी जन्मकैदको सजाय माग गरिएको थियो ।

यसअघि मनिषाको पोस्टमार्टम गर्दा रिपोर्टमा चिकित्सकहरुले उनको मृत्यु ह्याङ्गिङका कारण भएको बताएका थिए । तर मनिषाको हत्या नै गरिएको भन्दै घटनास्थलमा फेला परेका प्रमाणका आधारमा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरीले मनिषाको घटना भएको राति आफ्नो र मनिषाको झगडा भएको तर हत्या नगरेको दाबी गरेका थिए ।

त्यसपछि झुटो बोलेको हो या होइन भनेर पुष्टि गर्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर उनको पोलिग्राफ टेष्ट गरेको थियो । पोलिग्राफ टेष्टमा उनले साँचो बेलोको देखिएको थियो । अहिले अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

ललितपुरको भैसेपार्टीमा घरेलु कामदार युवतीको रहस्यमय मृत्यु

काठमाडौं । पछिल्लो समय घरेलु कामदारहरुको रहस्यमय मृत्यु हुने क्रम देशभर बढेको छ । यसैक्रममा ललितपुरको भैसेपाटीमा एक १७ बर्षीया यूवतीको सोमबार शंकास्पद मृत्यु भएको छ । भैसेपाटीस्थित डाक्टर विजयकुमार जैसवालको घरमा घरेलु कामदाररुपमा रहेकी १७ वर्षीया प्रियंका यादवको मृत्युलाई स्थानीयवासीले रहस्यमय मान्दै छानविनको माग गरेका छन् ।

ललितपुर प्रहरी प्रभाग भैसेपाटी भन्दा झण्डै ५०० मिटर दुरीमा रहेको जैसवालको घरमा यूवती यादब झुण्डिएको अवस्थामा भेटिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । स्थानीयका अनुसार यूवतीको शवको अवस्था हेर्दा हत्या हुन सक्ने दाबी गरेको छ । मृत्यू शंकास्पद देखिएसंगै स्थानीयहरुले डाक्टर बिजय जेस्वालको घर घेरा हालेका थिए ।

रातको समयमा शव उठाउन नदिने भन्दै स्थानीयले मृत्यु शंकास्पद भएको र दिनको उज्यालोमा जाँच हुनु पर्ने माग गरेका थिए । विहान ५ वजे नै झुण्डिएको अवस्थामा देखिएको शव दिनभरी प्रहरीले नउठाएसंगै साँझ ७ वजे पछि प्रहरी आएर डाक्टर विजयको घरको विद्युतको मेन स्विच अफ गरेर शव लैजाने प्रयास गरेपछि स्थानीयहरुले प्रतिकार गरेका थिए । जबर्जस्ती शव लान खोज्दा स्थानीयले ढुङगा मुढा गरेपछि प्रहरीको लाठीचार्जमा १५ जना भन्दा धेरै घाइते भएका छन् ।

यता प्रहरीले भने प्रहरीबाट कुनै किसिमको बल प्रयोग नभएको बताएको छ । प्रहरीले यादवको हत्या नभई आत्महत्या भएको जिकिर गर्दै अनुसन्धान भने जारी रहेको बताएको छ ।

शव हेर्नेहरुले मृतक प्रियंकाको अनुहारमा कोपरिएको र कपाल छरिएको अवस्थामा रहेको बताएका छन् ।
Source: TajaKhabar TV

सुर्खेत : एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो ।

प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयानका क्रममा भनेका छन् । गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि टाढा जंगलनजिक बसेर मदिरासहित खाजा नास्ता खाएका थिए । उनीहरुलाई त्यहाँ छाडेर बास्तोलाको नजिकैको गाउँमा भोजमा गएका थिए ।

‘फर्कर्ने क्रममा मोटरसाइकलबाट खसेर युवती घाइते भएको र, घाइते अवस्थामै मेडिकल नलिई उसकै डेरामा सुताएको खुल्न आयो,’ जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले भने, युवतीको मृत्यु राति अन्दाजी एक बजेपछि भएको देखिन्छ ।’

पञ्चपुरी नपा-३ चौरकी १८ वर्षीया गोरीकला मंगलबार बाबियाचौरस्थित डेरामै मृत अवस्थामा भेटिएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेकी छात्रा रोकायले एसईईका लागि बाबियाचौरमा डेरा लिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा सात जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत् अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ ।

@TajaKhabarTV

काठमाडौं । गुल्मीको धुकोट गाउँपालिका वडा नम्वर ५ मा सोमबार १६ वर्षिय किशोरी बलात्कृत भइन् । उनलाई बलात्कार गर्ने अरु कोही नभएर तिनै किशोरीकी आफ्नै दाजु थिए ।

एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् ।

आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्गहरु छुने, जिस्काउने र दुई पटकसम्म बलत्कारको प्रयास गर्दा आफु बच्न सफल भएको बताएकी छिन् । तर यसपटक भने घरमा कोही नभएको समयमा दाजुले आफुमाथी बलात्कार गरेको किशोरीको भनाई छ ।

आफ्नै दाजुले आफ्नो भविस्य पनि अन्धकारमा पारेको किशोरीको भनाई छ । संगसंगै अब यो संसारमा कसैलाई बिश्वास गर्ने ठाउँ नभएको उनी बताउँछिन् ।

सोमबार आफ्नै दाजुबाट आफ्नै घरमा बलात्कृत भएकी किशोरी बुधबार जिल्ला प्रहरी चौकी गुल्मिमा उजुरी दिन पुगेकी थिइन् । किशोरीलाई बलात्कार गर्ने उनकी २८ वर्षिया दाजु १५ वर्षदेखी डोजर अपरेटरको काम गर्दै आएका थिए ।

यति बेला किशोरीकी दाजुलार्ई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

आफ्नै दाजुबाट पीडित बनेकी किशोरीको सुन्दर भविस्यको कल्पना समेत यतिबेला ओझेलमा परेको छ । ती दाजुले उनको अस्मिता मात्र लुटेनन् उनको भविस्य पनि लुटेका छन् ।

आफ्नै दाजुबाट किशोरी बलात्कार भएको घटना बाहिर आएसंगै समाजको एउटा घृणित पाटो बाहिर आएको छ र आफ्नै दाजुबाट वहिनी असुरक्षित हुने कस्तो समाज बनाउँदै बन्दैछ यो एक गम्भीर प्रश्न बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *