बिदेशमा रहेका नेपाली लाइ आयो ईतिहास मै पहिलो पटकनिकै ठुलो खुसीको खबर

नेपालीहरुको लागि बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको साउदीअरबबाट नेपालको लागि ईतिहास मै पहिलो पटक नियमित सिधा उडान सेवा सुरु भएको २ महिना पश्चात हिमालय एयरलाइन्सले नियमित उडान तालिकामा केही परिवर्तन गर्दै भाडा दरमा भारी कटौती गरेको छ । नोभेम्बर १ तारिख देखी सुरु हुने गरी गरिएको उक्त परिवर्तित तालिकामा सातामा ३ वटा उडान आउने जाने गर्दछन । सुरुवाती दिनहरुमा नेपालीहरुको चाडपर्व परेका कारण भाडादर केही उच्च भए पनि नोभेम्बर १ तारिख देखी नयाँ भाडादर कायम गरिएको छ ।

नयाँ भाडादर अनुसार १ नोभेम्बर देखी दम्मामबाट काठमाण्डौको लागि (वन वे) सा रि ६२५ र दम्माम-काठमाण्डौ-दम्माम (राउण्ड ट्रिप) को लागि सा रि १,५८१ रहेको छ । नेपालीहरुको महान पर्व दशैँ तिहार छठ सकिएको र साथै पछील्लो समयमा साउदीअरबमा नेपाली कामदारहरुको मागमा कमी आएका कार नयाँ भिसामा पनि निकै कमी आएकोले नेपालबाट आउने र नेपाल जाने यात्रुहरुको संख्यामा कमी आएका कारण केही समयलाई दैनिक उडान सेवा बन्द गरिएको हो ।

हिमालय एयरलाइन्सले सुरुवात देखी २ महिनासम्म इकोनोमी क्लासको लागि Baggage Allowance ३० + ७ केजी को सुबिधा र बिज्नेश क्लासको लागि ४० + ७ केजी लाने पाउने सुबिधा दिएको थियो भने अब नोभेम्बर १ देखी उक्त सुबिधालाई बढाउँदै इकोनोमी क्लासको लागि Baggage Allowance ३५ + ७ केजी को सुबिधा दिएको र बिज्नेश क्लासको लागि ४५ + ७ केजी को सुबिधा दिएको हिमालय एयरलाइन्सको तर्फबाट साउदीअरबको लागि अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदीअरबका प्रबन्ध निर्देशक शरद कुमार शर्माले बताउनुभयो ।

हिमालय एयरलाइन्सको दम्माम-काठमाण्डौ उडान सेवा सुरु गरेको २ महिनामा साउदीअरबमा रहेका नेपालीहरु लगायत अन्य बिदेशिहरुको मनमा बस्न सफल र पहिलो रोजाइ बनेको हिमालय एयरलाइन्सले अत्यन्तै राम्रो सेवा सुबिधा प्रदान गरिरहेको हिमालय एयरलाइन्सबाट नेपाल जाने आउने गरेका यात्रुहरु बताउँछन । नोभेम्बर १ तारिखबाट सुरु हुने हिमालय एयरलाइन्सको नयाँ उडान तालिका यस्तो रहेको छ ।

काठमाण्डौ – दम्माम (H9 559) – सोमबार, बुधवार र शनिबार दम्माम – काठमाण्डौ (H9 559) – मंगलबार, बिहीवार र आईतवार (उल्लेखित दिनहरुमा रियादबाट आउने र जानेहरुका लागि बस सेवा उपलब्ध रहेको छ) अन्य जानकारीको लागि तल दिएको संपर्क नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ ।दम्मामको लागि – ०५८३९५१२३४, ०५८२५८८७००, ०५९७९२०४६५रियादको लागि – ०५८०२०३८६३, ०५३७०२१७०७ साभार अरबनेपाल

विवाहको १५ दिनमै ज्यान गुमाएकी राधीकाबारे यस्तो खुलासा

विवाह भएको दिन देखि सम्वन्ध एकदमै सुमधुर रहेको र दुवैजना फागुन २९ गते गोलपार्कस्थित ससुराली गएको पत्नी वियोगको पीडामा रहेका पाण्डेले बताए ।

उनले भने ‘उनी र म विहान हाँशी खुशी उठ्यौँ, मेरो दिदी वुटवलमै रहेकोले म उहाँलाई भेट्न जान्छु भनेर निस्किएँ । म हिडेको केही वेरपछि उनले बैंक जान्छु भनेर बहिर निस्केकी रहेछिन् ।

पाण्डेयले थपे, ‘म दिदीकोबाट साँझ ससुराली मै आएँ । राधीका कहाँ छिन् भनेर सोध्धा त्यस्तो खवर पाएँ । अर्को दिन देखि फोन गर्दा कति वेला स्वीचअफ गर्ने त कति वेला केटा मान्छेले उठाउने गर्न थाल्यो । चौथो दिन चैत्र ३ गते साँझ एक्कासी वुर्तिवाङ्ग होटलको कोठामा मृत फेला परेको खवरले छाँगाबाट खसे जस्तो भइयो ।’

किन पुगिन धरान ?

बुटवलस्थित एक बैंकमा जान्छु भनेर हिडेकी न्यौपानेको झोलामा चैत्र २ गते विहान साढे पाँच वजे धरान जाने बसको टिकट भेटियो ।

बुटवलकी मान्छे राधीकाले भर्खरै विवाह गरेका श्रीमानलाई जानकारी नदिई किन धरानको टिकट काटिन् ? अनुसन्धानको विषय बनेको छ ।

के उनी धरान पुगेर फर्किइन् ?

कतिपयले राधीका धरानको वसपार्कमा वेहोस भएर ढलेको र पछि टिकट काटेर बुटवल पठाएको पनि दावी गरेका छन् ।

बुुटवल ईलाका प्रहरी कार्यालयका अनुसार अनुसन्धानका क्रममा न्यौपानेले प्रयोग गर्दै आएको फोन अहिले पनि एक पुरुषले उठाउने गरेका छन् । सुरुमा ती पुरुषले नेपालगञ्ज छु भनेका थिए । पछि फोन गर्दा लमही छु भनेका थिए ।

यहाँबाट फेरि अर्को नयाँ घटना देखियो ।

धरान पुगेकी न्यौपानेको फोन कसरी पश्चिमतर्फ रहेका व्यक्तिले उठाए ।

के ती पुरुषले झुठ बोलिरहेका छन् ? प्रहरी अनुसन्धानमै छ ।

बुटवल ईलाका प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक भिमलाल भट्टराईले घटनावारे अनुसन्धान भैरहेको बताए ।

खुसुक्क किन मेडिकल गईन ?

विवाह भएको ६ दिन पछि राधीका आफु र घर परिवार कसैलाई नसोधी घर देखि धेरै तल रहेको एक मेडिकल पसल गएकी थिइन् ।

उनी किन मेडिकल पसल गएकी होलिन ? श्रीमान पाण्डेय स्मरण गरिरहेका छन् ।

‘त्यस दिन विहान मैले उनलाई केही कुरा सम्झाएँ । हामीले घर पनि बनाउन लागेका छौँ, घर बनाउँदा र विवाहको सालभरी सत्रु लाग्छन् भन्छन् । सजग हुनु । घर देखि कतै नजानु । घर बनाउने मान्छेसँग पनि नवोल्नु । आज तिमी खान पकाउनु, म स्कुल हिडेँ ।’ पाण्डेयले त्यसदिनको कुरा सम्झिए, ‘म हिडेको केहीवेर पछि उनी घरका कसैलाई नसोधी हिडिछन् । छिमेकी दाजुले मलाई फोन गरेर भन्नु भयो, राधीका तिमीलाई सोधेर हिडेकी हुन् र घर छैनन् नि ? म दङ्ग परेँ । उनलाई फोन गरेर सोधेँ । उनले पेट दुखेर जचाउँन आएको भनिन् । म तुरन्तै उनलाई लिन गएँ । त्यहाँबाट तानसेनको एक मेडिकलमा ल्याएर जचाएँ । औषधी लिएर घर आयौँ । तर, अहिले थाह भयो उनले त्यो औषधी नै खाएको देखिन्न । म सोच्मग्न छ । केही आशंका जन्मियो ।’

पाल्पाकै निस्तेखोला गाउँपालिकाको श्रृष्टि प्राधामिक विद्यालयमा शिक्षक रहेका उनका श्रीमान पाण्डेय भन्छन्, ‘के गर्ने छोरो मान्छे रुँदै हिड्न पनि नहँुने, सम्झिँदा भक्कानिन्छ मुटु । परिवार र छिमेकका मानिससमेत शोकाकुल छन् । अनेकन कुरा काट्ने जस्ता कुराहरुले थप पिडा थपेको छ । उनलाई जे तनाव थियो त्यो कुरा भनेको भए पनि हुन्थ्यो । जे भएपनि उनले ज्यान हाल्न हुँदैन्थ्यो ।’
source:ratopati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *