काठमाडौं माछापोखरीमा दिन दहाडै घट्यो अहिले सम्म कै डरलाग्दो घटना

दिन दहाडै राजधानीमा घट्यो अहिले सम्म कै डरलाग्दो घटना

७ चैत, काठमाडौं माछापोखरीमा जुम्लाकी एक युवतीको रकम लुटिएको छ ।जुम्लाको तिला गाउँपालिका-४ कि ३२ वर्षीया राजकुमारी शाहीलाई पछाडिबाट आक्रमण गरी नचिनेका मानिसहरुले उनको साथमा रहेको १० लाख रुपैयाँ लुटेर लगेका महानगरीय प्रहरीको बालाजु बृत्तले जनाएको छ ।सुन्धारा बस्ने शाहीले मंगलबार माछापोखरीमा आफन्तसँग १० लाख रुपैयाँ लिएर फर्किदै थिइन् । आक्रमणबाट घाइते भएकी राजकुमारीको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग एकपटक पनि औपचारिक भेट गर्न नपाएका प्रहरी महानिरीक्षक प्रकाश अर्यालप्रति गृहमन्त्री रामबहादुर थापा बादलको दृष्टिकोण पनि राम्रो देखिएको छैन ।आईजीपी अर्याल सरुवा लिस्ट बोकेर गृह मन्त्रालय छिरेका मात्रै थिए, गृहमन्त्री थापाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । शुक्रबार दिउँसो एक कार्यक्रममा गृह मन्त्रालय पुगेका आईजीपी अर्यालले सरुवा सूची पनि बोकेर गएपछि गृहमन्त्री थापाले अहिले हतार छैन भन्दै फर्काइदिएका हुन् ।

आईजीपी अर्याललगायत १५ एआइजी र ६ जना डिआइजीहरूको जागिर खाने अवधि अब २४ दिन मात्रै छ । उनी मात्र होइन, उनको समूहका सबैको २४ दिन बाँकी छ । अवकाशको दिन नजिकिँदै गर्दा प्रहरी महानिरीक्षक अर्याल लामो समयदेखि रोकिएको सरुवा प्रक्रियालाई सुचारु गर्न सरुवा लिस्ट तयार गरी गृहमन्त्री थापासमक्ष पुगेका थिए ।

तर, मन्त्री थापाले केही दिन पख्नुस् भन्दै आईजीपी अर्याललाई फर्काइदिएका थिए । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको झन्डै चार महिना बित्न लाग्दासमेत प्रहरीको सरुवा र बढुवा हुन सकेको छैन ।जबकि निर्वाचन सकिएलगत्तै प्रहरीको सरुवा गर्ने आन्तरिक नीति नै हो । किनकि निर्वाचनका समयमा कतिपय प्रहरी अधिकृतहरूले आफू नजिक रहेका निश्चित व्यक्ति र पार्टीको पक्षमा कार्य गर्न सक्ने र विवादमा पर्ने गरेका कारण यो नीति अपनाएको हो ।

यसपटक पनि त्यो क्रमले निरन्तरता पायो । निर्वाचन सकिएपछि पनि उनीहरू सरुवा हुन सकेनन् । प्रधानमन्त्री ओली आईजीपी अर्यालसँग रुष्ट छन् । नवराज सिलवाल प्रकरणमा पदीय दुरुपयोगमा सामेल भएका कारण पनि ओली अर्यालसँग रुष्ट भएका हुन् ।अर्यालको कार्यकालमा प्रहरीको सरुवा, बढुवा गर्ने पक्षमा प्रधानमन्त्री ओली नभएका कारण अर्यालले सरुवाको लिस्ट लिएर जाँदा गृहमन्त्री थापाले फर्काइदिएका हुन् । शुक्रबारबाट ६ दिन बिदामा बस्ने तयारी गरेका आईजीपी अर्याललाई एक्कासि गृह मन्त्रालयले बोलाएको थियो, त्यही मौकामा सरुवा सूची बोकेर उनी गृह पुगेका हुन् ।
लामो समयदेखि प्रहरीमा धेरै पदहरू रिक्त रहेका छन् ।

तलदेखि माथिसम्म धेरै पदहरू रिक्त हुँदा पनि बढुवा नभएका कारण प्रहरीमा नैराश्यता त छाएकै छ, क्यारियर भएका अफिसरहरू बढुवा हुनबाट वञ्चित छन् । एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई छ,तर आईजीपी अर्यालले मन्त्री एवं प्रधानमन्त्रीको इच्छाबिना सरुवा गर्ने आँट गर्नसकेका छैनन् । कानुनले दिएको अधिकारसमेत प्रयोग गर्न नसकेको भन्दै संगठनभित्रै आईजीपी अर्यालको आलोचना हुन थालेको छ ।अर्यालले आफू बिदामा बस्ने वा नबस्ने निर्णय अहिलेसम्म गर्न सकेका छैनन् । विगतमा आईजीपी अवकाब हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने प्रचलन थियो । पछिल्ला वर्षहरूमा बिदा बस्ने प्रचलन हटेको छ ।

अर्यालको जागिर अवधि केवल २४ दिनमात्रै बाँकी छ । उनी बिदा बसेको खण्डमा निमित्त आईजीपीको जिम्मा एआईजीमा पहिलो नम्बरमा रहेका बमबहादुर भण्डारीले पाउनेछन् । आईजीपी बिदा बसेर भण्डारी निमित्त भएको खण्डमा रोकिएको प्रहरीको सरुवा हुनेछ, प्रधानमन्त्री निकट स्रोतले बतायो ।

अन्य

यिनै हुन् ति बलात्कारी जस्ले १५ बर्षीया किशोरीलाई बन्धक बनाई पालैपालो सात दिनसम्म सामुहिक बलात्कार गरे

काठमाडौं । एक सातासम्म एक किशोरीलाई बन्धक बनाई बलात्कार गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ बर्षीया किशोरीलाई पालैपालो सात दिनसम्म सामुहिक बलात्कार गर्ने बसका चालकसहित अन्य व्याक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा ४ ख ३८५१ नम्बरको बसमा चढेकी उनीमाथि चालक तथा सहचालकले बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरु पक्राउ परेका छन्।

ती किशोरीलाई शुरुमा चालक सन्तोष घिमिरे र दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगे । विभिन्न वाहाना, आश्वासन र धम्की देखाई तीलीलाई बलात्कार गरेका थिए।

भोलिपल्टबाट घिमिरेको हरिसिद्धीस्थित कोठामा लगेर बन्धक बनाइयो र त्यहाँ पनि ६ दिनसम्म बलात्कार गरियो । फागुन २७ गते स्वयम्भू घुमाएर नजिकैको ग्यारेजमा लगेर उनीमाथि पुनः बलात्कार गरिएको थियो।

यता, छोरी हराएपछि आमा निवेदन लिएर प्रहरीकहाँ पुग्नुभयो । उहाँले एक सातासम्म अत्तोपत्तो नलागेपछि छोरीको फोटोसहित पम्प्लेट बनाएर प्रचारप्रसार समेत गर्नुभयो। २८ गते मात्र स्वयम्भूमा छोरी भेटिएको उहाँले खबर पाउनुभयो । छोरी त भेटिईन् तर नाजुक अवस्थामा ।

कतिबेला कराउने, डराएजस्तो गर्ने, भाग्न खोज्ने अवस्थामा छोरीलाई पाएपछि उहाँले प्रहरीलाई जानकारी गराएपछि घटनाबारे थप खुलेको हो। बलात्कारमा संलग्न घिमिरे र गड्तौलासहित उनीहरुका साथी सुदिप बजगाई, भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताउनुभयो ।

प्रहरीका अनुसार बलात्कारपछि अभियुक्तहरुले किशोरीलाई गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिई स्वयम्भूमा ल्याई छाडिदिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *