अब सम्बन्ध विच्छेद गर्दा पत्नीले सम्पत्ति नपाउने ! तपाइ को बिचार दिनुहोस ??

अब सम्बन्ध विच्छेद गर्दा पत्नीले सम्पत्ति नपाउने ! तपाइ को बिचार दिनुहोस ??

मुलुकी ऐनको प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पत्नीले स्वेच्छाले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । देवानी कानूनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि गठित उपसमितिले अब ‘पति सम्बन्ध विच्छेदको कारक नभए’ सम्पति दिनु नपर्ने प्रावधान प्रस्ताव गरेको हो । मुलुकी ऐनमा पति र पत्नी छुट्टिदाँ सम्पति आधा÷आधा हुने व्यवस्था छ । उपसमितिले प्रस्ताव गरेको व्यवस्था विधायन समिति हुँदै संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।

त्यस्तै उपसमितिले अब सम्बन्ध विच्छेदका लागि पतिले पनि अदालतमा मुद्दा दायर गर्न सक्ने प्रावधान प्रस्ताव गरेको छ । यसअघि पत्नीले चाहेमा मात्र सिधै अदालतमा मुद्दा दायर गर्न पाउने व्यवस्था रहेको थियो । पतिले भने गाविस वा नगरपालिका कार्यालयबाट मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालय हुँदै अदालत आउनुपर्ने प्रावधान थियो

from purakhabaar.com

यो पनि पढ्नुहोस

‘म यस्तो पुरुषलाई भेट्न चाहन्छु, जसलाई के गर्नुपर्छ भन्ने थाहा होस्’ तेस्तो केटा कोही छ यहाँ ?

एजेन्सी, महिला यौनकर्मीबारे हामीले कतै न कतै सुन्दै आएका छौं । तर, अहिले संसारमा पुरुष यौनकर्मीहरु पनि बढेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । धनाढ्य परिवारका महिला सदस्यहरुले यौन प्यास मेटाउनका लागि पुरुष यौनकर्मीको सेवा लिने गरेको पाइन्छ । विशेषगरी विकसित मुलुकहरुमा पुरुष यौनकर्मी महिलालाई सेवा दिँदै आएका छन् । नेपालमा पनि केही संख्यामा पुरुष यौनकर्मी भएको बताइएको छ ।

त्यस्तै ब्रिटेनकी ४२ वर्षीया शरलोटले पुरुष यौनकर्मीको सेवा लिएकोमा भन्छिन्, ‘केही वर्षअघि मैले पहिलोपटक पुरुष यौनकर्मीबाट यौन चाहना पुरा गरेकी थिएँ । म एउटी एकल महिला र आमा पनि भएकाले पुरुषसँग बाहिर गएर समय बिताउनु पहिले मलाई पनि ठीक लाग्दैनथ्यो ।’

उनले निशुल्क सेक्सको प्रस्ताव पाइरहँदा पनि किन त्यसलाई खरिद् गरेरै प्राप्त गर्ने विचार गरिन् भन्ने प्रश्नमा यस्तो जवाफ दिइन् , ‘आफूलाई कोही मानिस मन नपर्दानपर्दै पनि ऊसँग रात बिताउनाले केबल असमझदारी मात्र पैदा हुन्छ । मलाई त्यस्तो दबाब सहनु थिएन । त्यसैले मैले पुरुष यौनकर्मीलाई भाडामा लिने निर्णय गरेँ । यस्तो सेवा लिँदा हामी दुवैलाई एकअर्काको चाहना बारे स्पष्ट थाहा हुन्छ । आजभोलि धेरै महिला आफ्ना पार्टनरले ओछ्यानमा भने बमोजिम क्रियाकलाप नगरेपछि घरबाहिर गएर यस्ता सेवाबाट सन्तुष्टि लिने गर्छन् ।’

उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘ऊ आफ्नो पेशामा धेरै राम्रो थियो । त्यो अनुभव मलाई अनैतिक लागेन । हामीबीच प्रेम थिएन तरपनि मलाई एक प्रकारको सुख र आनन्दको अनुभूति भयो । म आफूलाई सन्तुष्ट पार्नकै लागि त्यहाँ गएको मलाई आभास भयो ।’ दुई घन्टा हुनासाथै उनले १० हजारका दरले पैसा तिर्नु परेको बताइन् ।

विश्वमा यो चलन कत्तिको फस्टाइरहेको छ भन्नेमा अहिलेसम्म कुनै तथ्याङ्क नभएपनि यसबारे जानकारहरुले यस्तो चलन बढ्दै गइरहेको बताएका छन् । यौनविद् एड्रियन सैपेटीका अनुसार हामीले सोचेभन्दा यो व्यवसाय धेरै व्यापक भइसकेको छ । यसको वास्तविक सम्बन्ध महिलाहरुको हातमा आएको ताकतसँग रहेको उनले बताए । पहिले केबल पुरुषहरुले मात्र आफ्नो बल प्रयोग गर्थे तर अहिले महिलाका हातमा पनि उत्तिकै पैसाको ताकत भएका कारण उनीहरु आफूलाई सन्तुष्ट गराउन सक्षम भइसकेका छन् ।

यस्ता महिलाहरु कसरी सेक्सका सेवा लिन्छन् ? कस्ता किसिमको सेवा बढी रुचाउँछन् ? पुरुष यौनकर्मीबाट कस्तो अपेक्षा राख्छन् र शारीरिक र यौन सुरक्षाका लागि कस्तो उपाय अपनाउँछन् ? भन्ने प्रश्नहरुको जवाफ पाउन प्राध्यापक सारा किंगस्टनले ‘वुमन हु बाई’ भन्ने नयाँ प्रोजेक्ट सुरु गरेकी छन् । यस प्रोजेक्टलाई सफल पार्न ब्रिटेनमा त्यस्ता महिलाको खोजी गरियो जसले सेक्स खरिद गर्ने गर्छन् ।

लैंकस्टर विश्वविद्यालयमा अपराध विज्ञानकी प्रोफेसर किंगस्टन भन्छिन्, ‘यस सम्बन्धी इन्टरनेट र पत्रिकामा राखिने त्यस्ता ६३ प्रतिशत विज्ञापनले महिला ग्राहकलाई मात्र केन्द्रीत गराएको हामीले पत्ता लगायौँ । यस्तै अध्ययनबाट हामीले सन् २०१२ मा पुरुष यौनकर्मीको सङ्ख्या ५,२४६ बाट अहिले यो भन्दा तीन गुना बढी १५,७३२ भइसकेको जानकारी पनि हासिल गरेका छौं ।’

शोधकर्ताका अनुसार महिलाहरु इन्टरनेटमार्फत विभिन्न एजेन्सीको सहयोगले त्यस्ता पुरुषको खोजी गर्ने गर्छन् । अझ लन्डनमा महिला ग्राहककै लागि मात्र खुलेको बेश्यालय समेत भेट्टाइएको थियो जुन अहिले बन्द भइसकेको छ ।

सारा किंगस्टन भन्छिन्, ‘हाम्रो अध्ययनमा हामीले सबै उमेर समूहका महिलाहरु पायौँ । विशेषगरी त्यस्ता एकल महिलाहरु जो आफ्नो काममा सफल छन्, टन्नै पैसा कमाउने गर्छन् र जसका छोराछोरी पनि ठुल्ठुला भइसकेका हुन्छन् । यस्तो अवस्थामा महिलाका आवश्यकता भिन्नै हुन्छन् । आफ्नो जोडीसँग समयको कमी भएकाले उनीहरुको चाहना र सन्तुष्टी अपूरै रहेका हुन्छन् ।’

कुनै अन्जान व्यक्तिसँग एक रातका लागि मात्र सम्बन्ध बनाउन यसरी एजेन्सीमार्फत सेक्स खरिद गर्नु महिलाहरुका लागि सबैभन्दा सुरक्षित तरिका हो । यसमा पूर्व ग्राहकले गर्ने टिप्पणी पनि धेरैका लागि सहयोग हुने गरेको छ । कतिपय एजेन्सीहरु त्यस्ता पुरुषलाई ग्राहक महिलासँग भेट समेत गराइदिन्छन् र कन्डमको प्रयोगमा बढी जोड दिने गर्छन् ।

बार्सिलोनामा महिलालाई सेक्स सेवा प्रदान गर्ने गरेका ३० वर्षीय क्रिस्टियन भन्छन् , ‘यो एउटा गोप्य र रहस्यमय संसार हो । यहाँ अधिकांश ग्राहकहरु आफ्नै मर्जीले विभिन्न एजेन्सीमार्फत आउने गर्छन् । महिला ग्राहकका फोन गोप्य नम्बरबाट आउने हुनाले उनीहरुका बारेमा पत्ता लगाउन धेरै कठिन हुन्छ । यो एउटा अत्यन्तै गोप्य प्रक्रिया हो ।’ क्रिस्टियन एकवर्षदेखि यो पेशामा लागेका हुन् । उनले आफ्ना सेवाका लागि प्रतिघन्टाको १८०० देखि ३७७० रुपैँयासम्म लिने गरेको बताए । उनका ग्राहकमा तीस वर्ष देखि ५५ वर्षका महिला हुने उनले बताए । कम उमेरका महिला उनीहरुलाई दबाब नहोस् भनेर आउने गर्छन् भने बढी उमेरका महिला आफ्ना जोडीबाट असन्तुष्ट भएकाले सेवा लिन आउने गरेको उनले बताएका हुन् ।

उनका अनुसार कुनै पनि महिला पुरुष यौनकर्मीकहाँ आउँदा साधारण सेक्स चाहदिँनन् । क्रिस्टियनले भने, ‘आफूले आफ्नो सीमा बताएपनि उनीहरुलाई सन्तुष्ट पार्नु नै हाम्रो पेशा हो । त्यसैले हामीले उनीहरुको आवश्यक्तालाई कुनै पनि हालतमा पूरा गर्नै पर्छ । यो एउटा हृदयहिन संसार हो जुन केबल पैसाले मात्र चलेको हुन्छ ।’

त्यस्तै २४ वर्षीय इवान पनि मेक्सिकोमा यौनकर्मीका रुपमा काम गर्छन् । उनी भन्छन्, ‘यस्ता ग्राहकहरु एकदमै धनी हुन्छन् जसलाई हामी स्पा वा स्पोर्टस क्लबमा एकान्तमा भेट्न जाने गर्‍छौं । कतिपयले ३५ हजारदेखि ५० हजार सम्मको प्रस्ताव राख्ने गर्छन् ।’ उनका अर्का साथी भन्छन्, ‘कतिपय महिलाका पति बूढा र कुरुप भइसकेका कारणले पनि हामीकहाँ आउने गर्छन् । आफ्नो पतिमा सबै आकर्षण समाप्त भइसकेपछि उनीहरु हामीबाट आवश्यक्ता पूरा गर्छन् र हामीसँग यसबारेमा कुरा गर्ने गर्छन् ।’

तर, यस्ता सबै क्रियाकलाप सेक्ससँग मात्र जोडिएको हुँदैन । कतिपय महिलाले आफ्ना ठूलाठूला पार्टीमा उनीहरुलाई प्रेमी बनाएर लग्ने गरेको समेत उनीहरुले बताए । त्यस्तै धेरै माहिलाहरु कामुक मालिशको मज्जा लिन मात्र पनि आउने गरेका छन् । ब्रिटेनमै यस्तो मसाजको सेवा प्रदान गर्ने ‘इन्टिमेसी म्याटरस्’ नामक कम्पनी खोलिएको छ जसलाई कोलिन रिचर्डले चलाइरहेका छन् ।

उनका अनुसार यसरी सेवा प्रदान गर्नुअघि ग्राहकको आवश्यक्ताबारे बुझ्न २५ प्रश्न भएका प्रश्नपत्र दिइन्छ । यस्ता स्थानमा आउने अधिकांश ग्राहकहरुले शारीरिक सम्बन्ध नराखी यौन सन्तुष्टी पाउन चाहको रिचर्डले बताए । उनका अनुसार यस प्रकारको मसाज लिन अर्जेन्टिना, क्यानडा, अफ्रिका, साउदी अरब जस्ता देशका सेलिब्रेटी र राजकुमारी, पोल डान्सर र महिला यौनकर्मी समेत आउने गरेका छन् । मनलाई शान्त पार्न सेक्स सबैभन्दा उपयुक्त उपाय भएको उनको भनाइ रहेको छ ।

गुल्मीमा ६ वर्षिया वालिका वलात्कारको घटना सेलाउन नपाउँदै फेरी अर्को जघन्य महिला हिंसा पछि एक युवती ज्यान हाल्न बाध्य भएकी छन् ।लामो समय देखि प्रेमसम्वन्ध रहेको र विवाह गर्ने प्रलोभन देखाउँदै आएको बताईएका यहाँका एक युवाले आफु सित जोडेर हिजो दिउँसो तस्वीर राखेर वदनाम गराई दिए पछि गुल्मी सिमिचौरकी १९ वर्षिया युवती निशा वस्नेतले आफ्नो घर मै गलामा चुङ्गीको पासो लगाएर ज्यान हालेकी हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्वर १० सिमिचौर तोलाङ्ग निवासी बस्नेत सदरमुकाम तम्घासमै वसेर रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा १२मा अध्यान गर्दै आएकी थिईन् । उनले ज्यान हाल्न वाध्य गराउने सिमिचौर आँमडाँडा कल्लेरी गाउँका युवा दिपक पाण्डे भएको परिवारजनले आरोप लगाएका छन् ।

मृतकका दाजु भरतबहादुर बस्नेतले निज पाण्डेलाई ईङ्गित गर्दै उनले वहिनीलाई फेशवुकमा ज्यान मार्ने सम्मको धम्की दिएको र हिजो मात्र वहिनीको नाममा फेशवुक आईडि बनाएर कभरफोटो वहिनी संगै उनि आफु वसेको राखी बदनाम गरेको बताए । उनले आज त्यसवारे अनुसन्धान र छानविनका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका छन् ।

ज्यान दिन्छु भन्नेले नै ज्यान हाल्ने बनाए सदरमुकाम तम्घासमा उनि संगै कोठामा बस्दै आएकी उनकी साथी कमला गौतमले फोनमा पटकपटक दिपक पाण्डेले धम्काउन थाले पछि निशाले केहि दिन देखि फोन स्वीचअफ गरेर बसेकी थिईन ।फोन स्वीच अफ गरेपछि साथीको फोन मार्फ हिजो आफु तम्घासकै कोठामा आउछु भन्दै धम्काएका थिए । गौतमले भनिन्–‘ उनिहरु विच क्याम्पस पढ्न थाले देखि प्रेम सम्वन्ध थियो भन्ने मलाई थाह छ ।

फोनमा कहिले मिल्थे कहिले झगडा गर्दथे । कक्षा १२ को पढाई सोही क्याम्पसमा पढेर कमल भेटेनरी प्राविधिक शिक्षा लिनका लागि अर्घाखाँची गएका थिए । पढाई सकेर जागिर खाने र त्यस लगत्तै उनिहरु विच विवाह सम्वन्ध गर्ने कुरा भएको थियो ।हर कुरामा कमलले जित्नै पर्ने । उनलाई हरेक दिन मोवाईलमा पैसा राखी दिनै पर्ने नराखे धम्काई हल्ने त्यसबाटआजित थिईन निशा । हिजो उ कोठा मै आउँछु भनेपछि विहान ११ वजे उनि सिमिचौर घरमा गएकी हुन् ।

उनि कोठामा नरहेको थाह पाए पछि कमलले उनको नामका अगाडी मो राखेर उनको नाममा आईडी खोली हाल्यो ।जसको कभरमा उनिहरु दुई जना अंकमाल गरेको तस्वीर सवैले देख्दा चकित परियो । त्यसो त उसले निशाको त्यस आईडीमा पहिला पनि आफ्नो चेहरा ढाकेुर निशाको चेहरा देखाउँदै सताउँदै आएको थियो । त्यो तस्वीर राखेको दुई तिन घण्टान वित्दै त्यस्तो दुखत खवर सुन्नु प¥यो ।

विहे गर्छु् भन्नेलाई बेश्याको सज्ञा उनि संंगै पढ्ने अर्की साथी पवित्रा पाण्डेको फेशबुक म्याजेन्जरमा कमल पाण्डेले निशालाई बेश्याको सज्ञा दिएर लेखेका छन् । उनले लेखेका छन तेरीसाथी निशा वेश्या रहिछ, उसलाई ज्युँदै जलाउँ छु जस्ता कुराहरु पनि पवित्र पाण्डेको फेशबुक म्यासेन्जरमा लेखेका छन् । पवित्राले निजले प्रेमीका बनाएको नाममा पछिल्लो चरण निशालाई कमलले निकै ठुलो तनाव दिदै दवावमा राख्दै आएको बताईन

यहाँबाट सुरु हुन्छ उनिहरुको प्रेम सम्वन्ध उनिहरु सिमिचौरको भगवती माध्यामिक विद्यालयमा पढ्दा देखि नै नजिकका साथी थिए । कमल निशा भन्दा एक व्याज सिनियर थिए । तम्घास क्याम्पस बढ्न आउन थाले पछि उनिहरुको प्रेम सम्वन्ध फक्रिन थालेको उनका साथीहरु बताउँ छन्

घर जाँदा आउँदा उनिहरु एक अर्का संग छुटिदैनथे । कोठामा उनिहरु विच दैनिक विच विचमा गफ हुनै पर्ने । अर्घाखाँचीमा पढ्न कसेका कमल सामन्य परिवारको भएका कारण आर्थिक समस्याले गर्दा पैसा चाहियो कि निशालाई भनि हाल्ने ,मोवाईल खर्च पनि निशाले नै पुराउन पर्ने ।

आफुले सके सम्म निशाले त्यो खर्च पुराउँदै आएकी थिईन । पढुन सम्म त हो नि, म जागिरे भए पछि त कमाई तिमै्र त हो नि जस्ता गफहरु प्नि फोनमा चल्ने गरको निशाका नजिकका साथीहरु बताउँ छन् ।

कमल अर्घाखाँची गए पछि जति टाढा माया उति नजिक भने झै उनिहरुको प्रेम झन झाँङ्गिदै गएको थियो । पलपलको च्याट र फोन विना उनिहरु बाँच्नै नसक्ने भई सकेका थिए । तर पछिल्लो चरण कमलको जिद्धिवानी,हरवखत खर्च पठान दवाव दिनुको तनावले फोन नै स्वीजअफ गर्न थालिन ।

त्यसको रिसले चुर बनेका कमलले उनिहरु संगै अंकमाल गरेकोा गोप्य तस्वीरलाई जोडिका रुपमा फेशबुकमा राखी दिए । अन्त्तः त्यति लामो प्रेमको अन्त्य यति ठुलो घटना संगै हुन पुगेको छ।

साईवर आतंक विरुद्ध उत्रिन्छौंःअधिकारकर्मीं यस घटनाको विषयलाई लिएर यहाँका अधिकारकर्मीहरु साईवर अपराध विरुद्ध कडा रुपले उत्रने चेतवानी दिएका छन् । अधिकारकर्मी त्यस क्याम्पसका विद्यार्थी र नागरिक समाज आज साईवर अपराधीलाई कडा भन्दा कडा कार्वाह गर्नु अनुरोध गर्न जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन समेत गएका छन् ।

samajikmedia.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *