ठुलो खबर ! सलमान खान ६ वर्ष जेल जाने पक्का, घटनाको २० वर्षपछि दोषी ठहर

एजेन्सी : कालो हरिण सिकार गरेको प्रकरणमा २० वर्षपछि बलिउडका चर्चित अभिनेता सलमान खान दोषी ठहर भएका छन्। जोधपुर अदालतका न्यायाधीश देवकुमार खत्रीले खानलाई उक्त प्रकरणमा संलग्न रहेको आरोपमा दोषी ठहर गरेका हुन्। सिकार प्रकरणमा फैसला सुन्न जोधपुर अदालतमा सलमानसँगै बलिउडका अर्का अभिनेता सैफ अली खान अभिनेत्री सोनाली र तब्बुसमेत पुगेका थिए।

उनीहरु सबैमाथि माथि ‘हिट एन्ड रन’को मुद्दा लागेको थियो। मार्च २८ मा मुद्दाको अन्तिम बहस गरिए पनि फैसलाका लागि आजको लागि मिति तय गरिएको थियो। न्यायाधीश एम ग्रामीणले यस मामिलामाथिको आफ्नो फैसला तयारी यसअघि नै गरिसकेका थिए।

यसअघि ४ जनवरीमा सलमान न्यायाधीश ग्रामीणको इजलाशमा पेश भएका थिए। उक्त समयमा सलमानले करिब ३५ मिनेट अदालतमा समय बिताएका थिए। पेशीको समयमा सलमानका वकिलले प्रत्यक्षदर्शी पुनमचन्दको बयानको सिडी अदालतमा पेश गरेका थिए। उक्त बयानलाई देखेर सलमान निकै भावुक भएका थिए। उक्त समयमा सलमानको अनुहारमा तनाव व्याप्त थियो। सलमानका साथ उनका बडिगार्ड शेरा र अन्य एक व्यक्ति पनि थिए।

सन् १९९८ मा जोधपुरमा आफ्नो फिल्म ‘हम साथ–साथ है’को सुटिङको क्रममा सलमानले कालो हरिण सिकार गरेको आरोप लागेको थियो। भारतमा लोपोन्मुख जनावरको रुपमा सूचीकृत हरिण मारेको वा सिकार गरेको ठहर भएमा ६ वर्षसम्मको कैद सजाय हुन सक्छ। यस प्रकरणमा उनी पक्राउसमेत परेका थिए। त्यसबेला उनलाई ५ दिन थुनामा राखिएको थियो। २२ सेप्टेम्बर १९९८ मा सलमानको कोठाबाट प्रहरीले एक पेस्तोलसमेत बरामद गरेको थियो।

वन अधिकारी ललित बोडाले यो मामिला अदालत पुर्‍याएका थिए। जोधपुरले लुणी पुलिस चौकामा १५ अक्टोबर १९९८ मा सलमानविरुद्ध जाहेरी दर्ता भएको थियो। प्रहरीले दर्ता गरेको जाहेरी अनुसार उनले १–२ अक्टोबरको रातमा कांकाणी गाउँमा दुई कालो हरिण सिकार गरेका थिए।

२८ मार्चमा भएको थियो अन्तिम बहस

अभियोजन पक्षका तर्फवाट ५१ जना साक्षी अदालतमा पेश गरिएको थियो। त्यसमध्ये २८ जनाको बयान लिइएको थियो। सलमानको तर्फबाट पनि बचाउका लागि पनि केही बयान पेश गरिएका थिए। दुवै पक्षका मानिसको बयानपछि सलमानका कानुन व्यवसायीले निर्दोष रहेको दाबी गर्दै बहस गरेका थिए। उक्त बहसपछि २८ मार्चमा सुनुवाइ समाप्त गर्दै न्यायाधीश एम ग्रामीण देवकुमार खत्रीको इजलासले फैसलाका लागि मिति तोकेका थिए। यस प्रकरणमा सरकारका तर्फबाट अभियोजन अधिकारी भवानीसिंह भाटीले साक्षी र दस्तावेजहरु पेश गरेका थिए।

सलमानले वन्यजन्तु संरक्षण ऐनको धारा ९ र ५१ तथा आइपिसीकी धारा १४८ को उल्लंघन गरेको दाबी मुद्दामा गरिएको थियो। सह-आरोपीको रुपमा अभिनेताहरु सैफ अली खान, नीलम, तब्बु सोनाली र दुश्यतसिंह रहेका थिए। त्यसबेला उनीहरुलाई धारा ९ र ५२ अनुसार सजाय गर्न माग गरिएको थियो।

Source: नेपाल लाईभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *