नेपालीलाई खुशीको खबर: जापानले दियो नेपालीलाई १० बर्षे ‘मल्टिपल भिसा’

टोकियो– जापान सरकारले नेपाली नागरिकलाई पनि १० बर्षको भिसा प्रदान गर्ने निर्णय गरेको छ । जापानका विभिन्न संचारमाध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार सन् २०२० मा हुने टोकियो ओलम्पिक र पाराओलम्पिकलाई मध्येनजर गर्दै जापान घुम्न वा जापानमै रहेका र लामो समयसम्म जापानमै बसि काम गर्न चाहाने नेपाली नागरिकहरुलाई जापान बसोबास सहज होस् भन्ने हेतुले १० बर्षे भिसा योजना ल्याइएको बताइएको छ । जापान सरकारले सन् २०२० सम्ममा ४० मिलियन विदेशी पर्यटकहरु भित्राउने लक्ष लिएको छ ।

शुक्रबार बसेको बैठकबाट पारित जापान पर्यटन मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको बताइएको छ । प्राप्त जानकारी अनुसार यही समरदेखि यो प्रकृया सुरु हुनेछ । १० बर्षको ‘मल्टिपल इन्ट्रि भिसा’ पाउने नेपाल मात्र पहिलो राष्ट्र भने होइन । गतबर्ष नै जापानले चीनका नागरिकलाई यस प्रकृतिको भिसा दिन सुरु गरेको थियो ।

परराष्ट्र मन्त्रालयको वेवसाइटमा राखिएको सूचना अनुसार भिसा आवेदन प्रकृयालाई सहज समेत बनाइने भएको छ । हाल कायम नियमलाई परिवर्तन गरि नेपालीहरुलाई सहज भिसा दिनका लागि नेपाल सरकारका तर्फबाट आएको अनुरोधलाई स्वीकार गर्दै यो निर्णय लिइएको बुझिएको छ ।

यो नियम नेपालबाट जापान आउनेका लागि मात्र नभई जापानमै रहेका नेपालीहरुको हकमा पनि लागू हुनेछ । जापानमा जुनसुकै बसोबास अवस्थामा रहेका नेपाली नागरिकहरुले दिएको आवेदन स्वीकृत वा अस्वीकृत गर्ने पूर्ण अधिकार अध्यागमन कार्यालयसंग हुने पनि समाचारमा उल्लेख छ । दश बर्षे भिसा आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकार भएको कारण प्रष्ट रुपमा बताइने र सो कारण खुल्ने कागजात वा मौखिक जानकारीका आधारमा पूनः आवेदन दिन सकिने व्यवस्था समेत रहनेछ ।

हाल भिजिट भिसाका लागि नेपाली नागरिकहरुले पाउँदै आएको अधिकतम समयावधी ३ महिना र कामदार तथा अन्य ले पाउँदै आएको अधिकतम अवधी ५ बर्ष थियो । विद्यार्थीहरुको हकमा पनि यही प्रकृया अपनाइने बताइएको छ । जापान आएर भाषा स्कुल पढ्दै गरेका वा भोकेशनल स्कुल वा युनिभर्सिटी पढ्दै गरेका विद्यार्थीहरुको हकमा कायम रहेको भिसा अवधी अपग्रेड गर्नका लागि अनलाइन वा अध्यागमन कार्यालयमै गएर आवेदन दिने व्यवस्था मिलाइने समाचारमा बताइएको छ

जापानमा हाल नेपालीहरुको संख्या ८० हजार कटिसकेको छ । नयाँ नियम लागू भएमा जापानमा बसोबास गरिरहेका धेरै नेपाली नागरिकहरु लाभान्वित हुनेछन् ।
यस्तो छ जापानी संचारमाध्यमहरुमा प्रकाशित समाचार (नेपालीमा तल छ)

Japan to issue 10-year visas for Nepalese

The Japanese government will further ease visa requirements for Nepalese citizens as part of its plan to attract 40 million foreign tourists every year by 2020.

The plan was adopted at a meeting of the Ministerial Council on the Promotion of Japan as a Tourism-Oriented Country on Friday, Japan Times reported.

The newspaper also reported that the new visa rules are expected to be carried out before this summer.

Meanwhile, single-entry visa application procedures will also be simplified for students from universities under the direct supervision of the Nepalese Ministry of Education. These include registered undergraduates and post-graduates, as well as alumni who graduated from the Universities schools within 3 years.

The announcement came after Japanese Foreign Minister Fumio Kishida’s meeting with his Nepalsese counterpart, Sarad Wasti, last month in Kathmandu, the first since one held in Tokyo in November 2015.

Ram Dahal, a researcher at Nepal Institutes of Contemporary International Relations, said the easing of Japan’s visa policies is aimed at boosting the country’s sluggish economy, which is reeling from deflation and weak demand.

Japan remains one of the favorite overseas destinations for Nepalese holiday-makers and many Nepalese Citizens studying and working in Japan. It is said that they will be benefited on such decision from Japan government.

नेपालबाट भिषा आवेदन दिनेहरुको हकमा भने के आवेदन पश्चात मात्रै १० बर्षे भिसा दिने नदिने थाहा हुने बताइएपनि जापानमै रहेका नेपालीहरुको हकमा भने जापानमा १० बर्ष बसोबासका लागि योग्य हुनुहुन्छ कि हुँदैन भन्नेकुरा अनलाइनमार्फत चेक गर्न मिल्ने सिस्टम समेत हिजोदेखि सुरु गरिएको छ । तपाईको जाइर्यु कार्ड नम्बर र जन्ममिती राखेर सो कुरा चेक गर्न सकिन्छ । सबै जनाको हकमा १० बर्षे बसोबास अनुमति दिन नमिल्ने हुँदा एकपटक अनिवार्य चेकजाँच गर्न पनि भनिएको छ

‘धुर्मुस’ले खुलेआम किस गर्न खोज्दा ‘सुन्तली’ लाजले भुतुक्कै….

हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ समाजसेवाका कारण चर्चामा छन् । ४ वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेको यो जोडीले अब अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी थालेको छ । यसकारण पनि यो जोडीले सर्वत्र चर्चा पाइरहेको छ ।

सामाजिक काममा लाग्दै गर्दा अति बेफुर्सदी बनेका छन् उनीहरु । तर, पनि यो जोडीको व्यक्तिगत जीवन भने निकै रोमान्टिक छ । उनीहरुको मायाप्रेम सार्वजनिक कार्यक्रमहरुमा पनि देख्न पाइन्छ ।
हालै काठमाडौमा आयोजना भएको एक अवार्ड समारोहमा भेटिएका धुर्मुस र सुन्तलीले क्यामेराको अगाडि रोमान्टिक पोजमा तस्बिर खिचाए । केही समय अगाडि आयोजना भएको एक चलचित्रको पि्रमियर शोमा पनि उनीहरुले स्टेजमै माया पोखेका थिए ।

तर, यसपटक चाहिँ सिताराम बढि चुलबुले बन्दा कुञ्जना लजाइन् । सितारामले क्यामेराकै अगाडि गालामा किस गर्न खोज्दा कुञ्जना तर्किएकी थिइन् । यसपछि, दुखेसो गर्दै धुर्मुसले सञ्चारकर्मीसँग भने-‘मैले त प्रयास गरेकै हो नी । के गर्नु उताबाट स्वीकृत भएन ।’
के हुन्छ अभिनय यात्रा ?
रोमान्टिक जोडी सिताराम र कुञ्जनालाई दर्शकले पर्दामा पनि हेर्न चाहिरहेका छन् । उनीहरुले दर्शकको चाहना आफूहरुले वुझेको बताए । सितारामका अनुसार, उनीहरु चाडै नै अभिनयमा र्फकदैछन् । उनले भने- ‘हामी आफूले नै चलचित्र निर्देशन गर्ने कि अरुको चलचित्रमा खेल्ने भन्ने बिषयमा छलफल पनि गरिरहेका छौ । चाडै नै यो बिषयमा जानकारी गराउनेछौ ।’

यो जोडीलाई चलचित्र निर्देशन, अभिनय, लेखनका लागि निकै महंगो रकममा प्रस्ताव पनि आएको बुझिएको छ । सितारामले यी सबै बिषयमा कुरा चलिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *